निसानको ड्याटसन गाडी हेटौँडामा
हेटौँडा, २१ जेष्ठ/मकवानपुरका गाडी पारखीलाई लक्षित गरी भारतीय कम्पनीको निसान मोटर्सको ड्याटसन गो ब्रान्ड कम्पनीको गाडी हेटौँडा बजारमा भित्रिएको छ ।
हेटौँडाको लागि आधिकारीक विक्रेता गोर्खाली अटो मार्टले शुक्रबार एक कार्यक्रमको आयोजना गरी मोटर्सको उद्घाटन गरेको हो । नेपालको लागि ड्याटसन गाडीको आधिकारीक वितरक पायोनियर मोटोकर्प प्रालि रहेको छ । मध्यम वर्गका व्यक्तिहरुलाई लक्षित गरी कम्पनीले कारको मूल्य १८ लाख देखि २५ लाख रुपैँयासम्म रहेको मार्टका सञ्चालक गोपालशंकर गोर्खालीले बताए । गाडीको लन्चिङ कार्यक्रममा गोर्खलीले ड्याटसनले बढी मात्रामा माइलेज दिने, अरु गाडीको तुलनामा सस्तो र वातावरणलाई सुहाउँदो रहेको बताए ।
‘प्राइभेट र भाडामा दुवै प्रयोजनका लागि यी कारहरु निकै लोकप्रिय छन्’ हेटौँडाको लागि आधिकारीक विक्रेता गोर्खाली ट्रेड मार्टका सञ्चालक गोर्खालीले भने–‘नर्मल, एसी र सेमी अप्सन ब्रान्ड भएकोले बिक्रिपछिको सेवा समेत स्तरीय रहेकोले यसमा आकर्षण बढ्ने विश्वास रहेको छ ।’ हुण्डाइको आइटेन, सुजुकीको वाइगनर र मारुती कम्पनीसँग ड्याटसनको प्रतिस्पर्धा रहेको उनको भनाइ रहेको थियो । उक्त कम्पनीको पार्टस पनि सर्वसुलभ उपलब्ध हुने जानकारी दिइएको छ ।

