Header Ads


पहिलो वैठकमा ६ लाख रुपैँया संकलन

हेटौँडा, ५ असार/हेटौडामा  रंगशाला निर्माणको लागि समिति गठन भएको एकहप्ता नबित्दै समितिले 
रंगशाला निर्माण कार्य सुरु गरेको छ । 
पछिल्लो समय मकवानपुरमा खेलकुदका गतिविधी बढ्दै गएपनि व्यवस्थित खेल मैदानको अभाव भएको गुनासो आइरहेको अवस्थालाई मध्यनजर गर्दै केहीदिन अघि मात्र रंगशाला निर्माण समिति गठन भएको थियो । 
समितिले रंगशालाको निम्ति कृषि तथा वनविज्ञान विश्वविद्यालयको  फरेष्ट्री क्याम्पस जंगलको तल्लो भागमा सम्याउने काम सुरु गरेको समितिका संयोजक भीमसेन महतले जानकारी  दिए । काम सुरु गर्नका लागि समिति सदस्यहरुबाट ६ लाख रुपैँया समेत संकलन भएको उनको भनाई छ । ‘एक बर्षभित्रमा व्यवस्थित मैदान निर्माण गर्ने र एउटा  राष्ट्रिय फुटबल खेल यहि मैदानमा खेलाउने लक्ष्याका साथ काम अघि बढाएका छौँ’, महतले भने, ‘आम मकवानपुरबासीले अपनत्व ग्रहण गर्दै काम अघि बढाउने हो भने हामीले लिएको लक्ष्य प्राप्ति गर्न सक्छौँ भन्ने भन्ने बुझाई रहेको छ ।’ आइतबार रंगशाला निर्माण गर्ने स्थल सम्याइएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष बालकृष्ण चौलागाईंले गौरिटार  रंगशाला, फरेष्ट्री मैदान, हुप्रचौर र क्याम्पाडाँडा चौर बाहेक अन्यत्र राम्रो मैदान नभएको कारण बेलाबखतमा हुने खेल सञ्चालनमा समेत समस्या भैरहेको बताए । ‘हामीसंग राम्रो एवमे व्यवस्थित मैदानको अभाव रहेको छ । निर्माण कार्य सुरु गरिएको रंगशालाले अभाव टार्नेछ भन्ने हाम्रो विश्वास रहेको छ’, चौलागाईंले भने । सुविधा सम्पन्न रंगशाला निर्माण गरिने उद्देश्यका साथ काम थालनी गरेको यस समितिले सहयोगीदाताबाट रकम संकलन गर्दै कामलाई अघि बढाउने र सरकारसंग समेत सहयोग माग्ने बताइएको छ । 
यसैबीच रंगशाला निर्माण समितिको पहिलो बैठकबाट रंगशाला निर्माणका लागि ६ लाख रुपैँया सहयोगको प्रतिबद्वता  आएको छ । पुरणबहादुर जोशीले दुईलाख, भेष खड्गी, विकास गौतम र धन थापाले जनही एक÷एकलाख रुपैँया तत्काल उपलब्ध गराउने प्रतिवद्धता दिएका छन् । 
यस्तै भीमसेन महतले ५० हजार, आनन्दराम पराजुलीले २५ हजार, सुनिल गिरीले २५ हजार र सुविन घिमिरेले पाँच हजार रकम प्रदान गरेको समितिका सचिव राजन दाहाल खुशराजले जानकारी दिए । समितिको बैठकले विभिन्न समितिहरु गठन गरी सदस्यहरुको कार्य विभाजन समेत गरेको छ । आर्थिक समितिमा भीमसेन महत, पुरणबहादुर जोशी र आनन्दराम पराजुली रहेका छन् । 
यस्तै निर्माण समितिमा बालकृष्ण चौलागाई, सुनिल गिरी, भेष खड्गी, राजन खरेल, दीपेन्द्र ढकाल, सुविन 
घिमिरे, युनाल मल्ल, धन थापा, विकास गौतम, ज्ञानु क्षेत्री, जीवन न्यौपाने, जनरल श्रेष्ठ, दिपेश घिमिरेलगायत रहेका छन् भने प्रचार तथा डिजाइनिङ समितिमा विशाल घोष, सविन न्यौपाने, आरती पाठक रहेका छन् । 
Powered by Blogger.