तीन दिने तालिम शुरु
हेटौँडा/हेटौँडा सिटी कलेजमा बिएससी र सिएसआइटी विषयमा अध्ययनरत विद्यार्थीहरुलाई तीन दिने ‘एसपिएसएस’ तालिम आइतबारबाट हेटौँडामा शुरु भएको छ ।
५२ जना विद्यार्थीले सहभागिता जनाएको कार्यक्रममा विद्यार्थीहरुलाई तथ्यांक संकलनमा सहयोग पु¥याउने सिएसआइटी विषयको संयोजक अरुण लामाले बताए । एसपिएसएस कार्यक्रम कोर्ष अन्र्तगत भएकोले प्राक्टिकल गर्नमा सजिलो पु¥याउने उनले बताए । तीन दिने तालिममा विरेन्द्रबहुमुखी क्याम्पसका तथ्याड्ढ शास्त्र तथा कम्प्यूटर साइन्सका डिपार्टमेन्ट हेड विजयलाल प्रधानले सहजीकरण गर्ने छन् ।
