‘प्रकृतिलाई मध्यनजर गरी देश विकास गर्नुपर्ने’
हेटौँडा, २३ जेष्ठ/‘हाम्रो जीवजन्तु, हाम्रो वातावरण र वन संरक्षण गरौँ लगाई सम्पूर्ण तन मन र धन’ भन्ने मूल नाराका साथ आइतबार हेटौँडामा ४४ औँ विश्व वातावरण दिवस मनाइएको छ ।
टोल विकास संस्था नगर समन्वय समिति र हेटौंडा उपमहानगरपालिकाको संयुक्त आयोजनामा भएको सप्ताहव्यापि कार्यक्रम आइतबार समापन भएको थियो । कार्यक्रममा बोल्दै मध्यमाञ्चल क्षेत्रीय प्रशासक मुकुन्दराज प्रकाश घिमिरेले विकास निर्माणको कामले वातावरणलाई प्रतिकुल असर पार्ने भएकाले प्रकृतिलाई मध्यनजर गरी देश विकास गर्नुपर्ने बताए । ‘व्यक्तिले आफ्नो सोचमा परिवर्तन गर्न सकेमात्र वातावरणमा स्वतः परिवर्तन आउने’ बताउँदै घिमिरेले भने–‘हामी छौँ र वातावरण छ’ भन्ने कार्यशैली परिवर्तन गर्नुपर्नेमा जोड दिएका थिए ।
सप्ताहव्यापी कार्यक्रमको समापन तथा वातावरण मैत्री नगर उन्मुख घोषणा सभाका प्रमुख अतिथि रहेका घिमिरेले मानिसको व्यवहारमा परिवर्तन ल्याउन सके वातावरण संरक्षण हुने बताए । विकास निर्माणका काम गर्दा वातावरणमा पर्न सक्ने प्रभावलाई मध्यनजर गरी काम गर्न आग्रह गर्दै मानवीय व्यवहारकै कारण प्रकृतिमा प्रतिकुल असर परेको औंल्याए । विकास निर्माणको कामले वातावरणलाई प्रतिकुल असर पार्ने भएकाले सबै सरोकारवालाहरुले विशेष ध्यान दिनुपर्ने उनले बताए । टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ईश्वर ढुङ्गानाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका शहरी विकास महाशाखाका अधिकृत विके महर्जनले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सप्ताहव्यापि कार्यक्रमको समापनको अवसरमा विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा ¥याली तर्फ उत्कृष्ट विद्यालय र संस्थाहरुलाई पनि नगदसहित पुरस्कृत गरिएको थियो ।
विद्यालयतर्फ अमरमावि प्रथम, सिद्धार्थ उच्च मावि दोश्रो, सोलिड्यारिटि उच्च मावि तेश्रो र प्रगति उच्च मावि र लक्ष्मी निमावि सान्त्वना भएका छन् । उत्कृष्ट विद्यालयहरुलाई क्रमशः ५ हजार, ३ हजार, २ हजार र १ हजार पा“चसय रुपैया“
पुरस्कार प्रदान गरिएको थियो । यसैगरी संस्थाहरुतर्फ नवलपुर टोल विकास संस्था प्रथम, चिसापानी टोल विकास संस्था दोश्रो, सहयोगि आमा समूह तेश्रो र ढुङ्गेधारा टोल विकास संस्था र आर्दश आमा समूह सान्त्वना भएको छन् ।
विजयी हुने संस्थाहरुलाई नगद १० हजार, ८ हजार, ५ हजार र तीन हजार रुपैया“ पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै, वातावरण पत्रकारिता पुरस्कारबाट मकवानपुरे सञ्चारकर्मी कपिल खड्का र धर्मेन्द्र दहाललाई प्रदान गरिएको थियो । त्यस्तैगरी टिम टिभी, ग्रिन एण्ड क्लिन सिटि सर्भिसेज प्रालि र एडुभिजन फाउण्डेसनलाई पनि सम्मान गरिएको थियो ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत जेष्ठ १७ गते वृहत रक्तदान, १८ गते मंगलबार सेनेटरी पार्क राप्ती किनारमा वृक्षरोपण, १९ गते सम्बन्धित टोल विकास संस्था तथा संयुक्त वडा कार्यालयको आयोजनामा आआफ्नो टोल विकास क्षेत्र र संयुक्त वडा क्षेत्रमा विशेष सरसफाई कार्यक्रम, २० गते नगरपालिकाको हलमा जलवायु परिवर्तन प्रभाव सम्बन्धि अन्तरक्रिया गोष्ठी, २१ गते हेटौँडाको बुद्धचोकमा वातावरण संरक्षण तथा विपद् व्यवस्थापन सम्बन्धि लोकगीत प्रतियोगिता, २२ गते रानी सामुदायिक वन उपभोक्ता समिति चौघडामा अन्तर मावि वक्तृत्वकला प्रतियोगिता आयोजना गरीएको थियो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका कार्यकारी अधिकृत सुदेवकुमार पोखरेल, नेपाली का“ग्रेसका जिल्ला सचिव बुद्ध लामा, जिल्ला भू संरक्षण कार्यालय मकवानपुरका प्रमुख पुष्पराम थापा, नेपाल आदिवासी जनजाती महासंघ मकवानपुरका अध्यक्ष तीर्थवहादुर थापामगर, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष गिरिजा अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेको थिए । कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष मुनु सिग्देल, नेकपा माओवादी केन्द्रका चित्र पुलामी मगर, राप्रपाका सिताराम बर्तौला, नया“ शक्ति नेपालका डिवि थापा लगायतकाको आतिथ्यता रहेको थियो ।
हेटौडाको लोकतान्त्रिक चौरबाट सुरु भएको ¥याली बजार क्षेत्र परिक्रमा गरी सिद्धार्थ उच्च माविको प्राङ्गणमा पुगेर सभामा परिणत भएको थियो । हेटौंडा उपमहानगरपालिका भित्र रहेका विद्यालय, सहकारी संस्था, महिला समूहहरुले झा“की सहित ¥याली निकालेका थिए ।

