Header Ads


‘दुर्घटना कमी हुन सचेत हुनु आवश्यक’

हेटौंडा, २३जेष्ठ/ नेपालमा सवारी दुर्घटनाबाट वर्षेनि सयौँको ज्यान गइरहेको छ भने अर्बौको भौतिक र आर्थिक क्षति भइरहेको छ । दुर्घटना न्यूनिकरणमा धेरै प्रयासहरु भएका छन् तर, मानिस हुनुपर्ने जति सचेत नभइदिँदा दुर्घटनाको दर घट्न सकेको छैन । सन्दर्भमा सवारी दुर्घटनाको दरमा  न्यूनीकरण गर्ने उद्देश्यले आइतबारदेखि दुर्घटना न्यूनीकरण अभियान सुरु भएको छ ।
आज सोमबारसम्म सञ्चालन हुने अभियानको नारायणी अञ्चल प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक नारायणसिं खड्काले वीरगञ्ज घण्टाघरमा आयोजित विशेष कार्यक्रमबीच गरे । सयौं विद्यार्थी, सर्वसाधारण, चालक, सहचालक, व्यवसायी सहभागी भएको अभियान उद्घाटनमा बोल्दै वरिष्ठ उपरीक्षक खड्काले अभियानका क्रममा प्रशिक्षकहरुले सिकाएको कुरालाई व्यवहारमा उतारे दुर्घटनाको दरमा कमी आउने बताए ।
सडक प्रयोगकर्ताले ट्राफिक नियमबारे जानकारी राख्नुपर्ने र नियमलाई अक्षरस पालना गरे दुर्घटना पनि कम हुने र जरिवाना पनि नपर्ने उनको तर्क थियो । अभियानले हजारौं मानिसलाई चेतना प्रदान गर्ने बताउँदै हेटौंडा, २३जेष्ठ÷ नेपालमा सवारी दुर्घटनाबाट वर्षेनि सयौँको ज्यान गइरहेको छ भने अर्बौको भौतिक र आर्थिक क्षति भइरहेको छ । दुर्घटना न्यूनिकरणमा धेरै प्रयासहरु भएका छन् तर, मानिस हुनुपर्ने जति सचेत नभइदिँदा दुर्घटनाको दर घट्न सकेको छैन । सन्दर्भमा सवारी दुर्घटनाको दरमा  न्यूनीकरण गर्ने उद्देश्यले आइतबारदेखि दुर्घटना न्यूनीकरण अभियान सुरु भएको छ ।
आज सोमबारसम्म सञ्चालन हुने अभियानको नारायणी अञ्चल प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक नारायणसिं खड्काले वीरगञ्ज घण्टाघरमा आयोजित विशेष कार्यक्रमबीच गरे । सयौं विद्यार्थी, सर्वसाधारण, चालक, सहचालक, व्यवसायी सहभागी भएको अभियान उद्घाटनमा बोल्दै वरिष्ठ उपरीक्षक खड्काले अभियानका क्रममा प्रशिक्षकहरुले सिकाएको कुरालाई व्यवहारमा उतारे दुर्घटनाको दरमा कमी आउने बताए ।
सडक प्रयोगकर्ताले ट्राफिक नियमबारे जानकारी राख्नुपर्ने र नियमलाई अक्षरस पालना गरे दुर्घटना पनि कम हुने र जरिवाना पनि नपर्ने उनको तर्क थियो । अभियानले हजारौं मानिसलाई चेतना प्रदान गर्ने बताउँदै प्रहरी वरिष्ठ उपरीक्षक सडक प्रयोगमा सचेत भए जनधनको क्षति हुनबाट जोगिने बताए । नेपाल ट्रक यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष हीरालाल श्रेष्ठले मानवीय लापरबाही र सडकको दुराबस्थाका कारण दुर्घटना हुने गरेको भन्दै मानवीय लापरबाहीलाई कम गर्न अभियान सार्थक हुने बताए ।
मध्यक्षेत्र ट्राफिक प्रहरी कार्यालय पथलैया बारा र नारायणी यातायात व्यवसायी संघको संयुक्त आयोजनामा भएको अभियान उद्घाटनमा मध्यक्षेत्रीय ट्राफिक प्रमुख प्रहरी उपरीक्षक ईश्वरी चापागाईंले मध्यक्षेत्रमा हुने दुर्घटनामध्ये ९० दशमलव ८४ प्रतिशत मानवीय कारणले हुने गरेको बताए । त्यसअलावा यान्त्रिक कारणले चार दशमलव २० र बाँकी सडकको अवस्था, वातावरणीय अवस्था र दैवीविपत्तिका कारण दुर्घटना हुने गरेको उनले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्सा अध्यक्ष श्याम बञ्जारा, नेपाल रेडक्रस सोसाइटी पर्सा अध्यक्ष फूलमोहम्मद मियाँलगायतले अभियान सफलताको शुभकामना व्यक्त गरेका थिए ।
अभियानअन्तर्गत् आइतबार बाराको जीतपुर, सिमरा, अमलेखगञ्ज र ३ नम्बर पुल तथा मकवानपुरको हेटौंडामा छुट्टाछुट्टै भेला गरी जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । जीतपुरमा गढीमाई नगरपालिकाका कार्यकारी अधिकृत नाथु यादवको सभाध्यक्षता रहेको कार्यक्रममा जीतपुर उवा संघका अध्यक्ष घनश्याम गिरी, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष बद्री चौलागाईं, महासचिव सरोजकुमार खनाल, दुर्घटना न्यूनीकरण समिति संयोजक गंगा भट्टराईलगायतले जनचेतना प्रदान गरेका थिए ।
सिमरामा सिमरा कलेजका प्रमुख राजमणि बराल, प्रहरी निरीक्षक पुरुषोत्तम खड्का, सिमरा उवासंघ अध्यक्ष शिव पौडेललगायतले चेतनामूलक प्रशिक्षण दिएका थिए । अमलेखगञ्ज र ३ नम्बर पुलमा भएको कार्यक्रममा प्रहरी उपरीक्षक चापागाईं र प्रनि खड्काले प्रशिक्षण दिए ।
संघ अध्यक्ष चौलागाईंको सभाध्यक्षतामा हेटौंडामा भएको कार्यक्रममा  प्रहरी उपरीक्षक चापागाईं, हेटौंडा उपमहानगरपालिकाका कार्यकारी अधिकृत सुदेवकुमार पोखरेल, संघ दुर्घटना न्यूनीकरण संयोजक गंगा भट्टराईलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
Powered by Blogger.