चारदिने अनुशिक्षण कार्यक्रम सम्पन्न
हेटौँडा, ३२ जेष्ठ/मामाघर नेपाल मकवानपुरको आयोजना र हेटौँडा उपमहानगरपालिकाको सहयोगमा
सकरात्मक सोच अभिवृद्धि सम्बन्धि ४ दिने अनुशिक्षण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
कार्यक्रममा पहिलो दिन वडा नं.२,३ र ४, दोस्रो दिन वडा नं.५, ६ र ७, तेस्रो दिन १, १० र ११ र चौथो दिन वडा नं. ८ र ९का वडा सचिवहरु, राजनैतिक दलका प्रतिनिधिहरु, टोल विकास संस्था, नागरिक वडा मञ्च लगाएतका संघसंस्थाका प्रतिनिधि गरी एक सय ३० जनाको सहभागिता रहेको मामाघर नेपालले जनाएको छ ।
मामाघर नेपालका अध्यक्ष शालिकराम ढकालको सभाध्यक्षता र हेटौँडा उपमहानगरपालिका कार्यालयका
कार्यकारी अधिकृत सुदेव कुमार पोख्रेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा ब्रम्हकुमारका विजयराज सिग्देल र मानवसेवा आश्रमका रामजी अधिकारीले सहजीकरण गरेका थिए ।
