Header Ads


सबै राजनीतिक दलले सहयोग गर्ने प्रतिबद्धता

हेटौँडा, ३२ जेष्ठ/हेटौंडाको चुरियामाईमा रहेको चित्रेपानीमा निर्माण हुन लागेको नेपाल भारत मैत्री बहुप्राविधिक महाविद्यालय दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी ग्लोबल टेण्डर आव्हान भएको छ । 
भारत सरकारको सहयोगमा शिक्षा मन्त्रालयअन्तर्गत्को प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् मातहत रहने गरी करिब ६१ करोड ६४ लाख रुपियाँमा निर्माण सम्पन्न हुने गरी भारतीय राजदुतावासले ग्लोबल टेण्डर आव्हान गरेको मंगलबार हेटौँडामा छलफल कार्यक्रमको आयोजना गरी जानकारी दिइएको छ । नेपाल भारत मैत्री बहुप्राविधिक संस्था मकवानपुर अध्यक्ष दिनेश उपाध्यायले टेण्डर आव्हानको बिषयमा जानकारी दिएका हुन् । कार्यक्रममा सहभागी मकवानपुरका राजनीतिक दलका नेताहरुले यहाँका दल साझा उद्देश्य र लक्ष्य महाविद्यालय निर्माण गर्नका लागि आवश्यक सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता जनाएका 
छन् । उनीहरुले निर्माणको चरणमा विभिन्न समस्याहरु आउन सक्ने भएकाले बेलैमा सचेत भएर निर्माणमैत्री वातावरण तयार पार्ने विषयमा प्रतिबद्धता जनाएका छन् । 
छलफल कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रतिनिधिहरुले देशको ठूलो हेटौंडा औद्योगिक क्षेत्रले आवश्यकता अनुसार प्राविधिक जनशक्ति नपाइरहेको अवस्थामा महाविद्यालयले भरपुर सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । उनीहरुले प्राविधिक शिक्षा टिकाउ र बिकाउ भएकाले विद्यालय निर्माणपश्चात् मकवानपुरे विद्यार्थीहरुले धेरैभन्दा धेरै फाइदा कसरी दिलाउने भन्ने विषयमा दलहरुले बेलमैमा सोचर अगाडि बढ्नुपर्ने बताएका थिए । नेपाली काँग्रेस मकवानपुर निवर्तमान सभापति रघुरमण न्यौपाने, जिल्ला सचिव बुद्ध लामा, नेकपा एमाले मकवानपुर अध्यक्ष मुनु सिग्देल, नेकपा माओवादी केन्द्र जिल्ला अध्यक्ष प्रेमबहादुर पुलामी, राप्रपा नेपाल निवर्तमान जिल्ला अध्यक्ष नवराज बिष्ट, राप्रपाका क्षेत्रीय सभापति सीताराम बर्तौला, हेटौंडा उपमहानगरपालिका कार्यकारी अधिकृत सुदेबकुमार पोखरेललगायतले कुनैपनि क्षेत्रबाट भौतिक पूर्वाधार निर्माणका क्रममा अवरोध नहुने प्रतिबद्धता जनाएका थिए । 
जसको नेतृत्व भएपनि विकासको काममा सबै राजनीतिक दलको सहयोग रहने नेताहरुको भनाई छ । 
Powered by Blogger.