तरुण दलको चारै क्षेत्रमा सर्वसम्मत
हेटौँडा, ३२ जेष्ठ/नेपाली काँग्रेसको युवा दस्ता नेपाल तरुण दल मकवानपुरको चारै निर्वाचन क्षेत्रको सभापतिसहितको पदाधिकारी सर्वसम्मत चयन भएको छ ।
मंगलबार भएको क्षत्रीय अधिवेशनले चारै क्षेत्रको नेतृत्व सर्वसम्मत चयन गरेको हो । क्षेत्र नम्बर १ को सभापतिमा रामबहादुर डिम्डुङ चयन भएका छन् । १ नम्बरको उपसभापतिमा दामोदर दाहाल, सचिव रामकुमार रानामगर, कोषाध्यक्ष सम्झौता बिक, महाधिवेशन प्रतिनिधि रामबहादुर थिङ र जिल्ला सदस्यमा अजय सापकोटा चयन भएका हुन् ।
यस्तै २ नम्बर क्षेत्रको सभापतिमा सुमन श्रेष्ठ चयन भएका छन् भने उपसभापतिमा पूर्णबहादुर स्याङ्तान, सचिवमा राजेश श्रेष्ठ, कोषाध्यक्षमा जितकुमार बल, केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विकास बलामी र २ नम्बर क्षेत्रबाट जिल्ला सदस्यमा ओमबहादुर थापालाई चयन गरेको हो । यस्तै ३ नम्बर क्षेत्रको सभापतिमा सञ्जय श्रेष्ठ चयन भए । ३ नम्बरको उपसभापतिमा सुन्दर प्रधान, सचिवमा सूर्यबहादुर थोकर, कोषाध्यक्षमा द्रोणचार्य दाहाल, केन्द्रीय महाधिवेशन प्रतिनिधिमा राजेश भेटवाल र जिल्ला सदस्यमा रोज थापा मगर चयन भएका हुन् ।
३ नम्बर क्षत्रीय सभापति सञ्जय श्रेष्ठले मकवानपुरको ३ नम्बर क्षेत्र तरुण दलमय बनाउने आफ्नो लक्ष्य रहेको बताए । ‘पछिल्लो समय तरुण दलमा युवाहरुको आकर्षण बढ्दो अवस्थामा रहेको छ । नगरहुँदै ३ नम्बर क्षेत्रको सभापतिको जिम्मेवारी सम्हाल्ने मौका पाएको छु’, उनले भने, ‘आम युवाहरुको समस्यालाई समाधानमा केन्द्रीत रहँदै युवाकै हक अधिकारको क्षेत्रमा लाग्नेछु ।’यस्तै तरुण दल क्षेत्र नम्बर ४ को सभापतिमा ठाकुरराम तितुङ चयन भएका छन् । उपसभापतिमा मनोज चेपाङ, सचिवमा शिवराज थिङ, कोषाध्यक्षमा सागर जिम्बा, केन्द्रीय महाधिवेशन प्रतिनिधीमा नुरज पौडेल र जिल्ला कमिटी सदस्यमा निराजन बर्तौला सर्वसम्मत चयन भएको निर्वाचन सहायक अधिकृत विदुरविक्रम थापाले जानकारी दिए । क्षेत्र नम्बर ४ मा सांसद् एवम् नेपाली काँग्रेस मकवानपुर सभापति इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन भएको हो । क्षत्रीय संयोजक चर्तुर्भुज न्यौपानेको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटनमा पार्टी जिल्ला सचिव बुद्ध लामा, क्षत्रीय सभापति लोकबहादुर मोेक्तान, महासमिति सदस्य भरत पराजुली, पार्टी जिल्ला कमिटी सदस्य रामकृष्ण प्रजा र ईश्वरकुमार रुम्बा, तरुण दल जिल्ला सभापति सुनिलकुमार दाहाल, जिल्ला सदस्य निरशंकर लामालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
यस्तै क्षेत्र नम्बर २ को अधिवेशन नेपाली काँग्रेसका महासमिति सदस्य जयराम लामिछानेको प्रमुख आतिथ्यतामा भएको हो । काँग्रेस मार्खु इकाई सभापति कुलबहादुर केबीको अध्यक्षतामा भएको कार्यक्रममा महासमिति सदस्य भरत लामा, निर्वाचन अधिकृत नारायण भण्डारी, क्षत्रीय सभापति यतिराज सापकोटा, थाहा नगर विकास समिति अध्यक्ष खड्ग गोपाली, जिल्ला सदस्य आनन्द कठायत, सुनमाया स्याङ्तान लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
