घाइते पत्रकारको अवस्था बुझ्न का“ग्रेस नेता पौडेल अस्पतालमा
हेटौँडा, १ असार/गत आइतबार दिउँसो सवारी दुर्घटनामा परेर उपचारको क्रममा रहेका नेपाल प्रेस युनियन रौतहट शाखाका उपाध्यक्ष नरहरि आचार्यसहित उनको परिवारको स्वास्थ्य अवस्थाका बारेमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी लिएका छन् ।
पौडेलले बुधबार बिहान चुरेहिल हस्पिटल पुगेर आचार्य, उनको श्रीमती प्रमिला भण्डारी र छोरी प्रंशसा आचार्यको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका हुन् । आइतबार आचार्यले चलाएको मोटरसाईकललाई टाटासुमोले ठक्कर दिँदा दुर्घटना भएको थियो । उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिंदै काँग्रेस वरिष्ठ नेता पौडेलले उपचारमा आवश्यक सहयोग गर्ने बताए । आचार्य र छोरीको अवस्था सामान्य रहेको छ । दुर्घटनामा गम्भीर श्रीमती भण्डारीको टाउकोको शल्यक्रिया गरिएको छ । भण्डारीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए । आचार्यको स्वास्थ्य अवस्था बुझ्न काँग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, हेटौँडा उपमहानगर सभापति आनन्दराम पराजुली, प्रेस युनियनका मध्यमाञ्चल संयोजक राममणि दाहाल, मकवानपुर सचिव कुमार अधिकारीसहित काँग्रेस कार्यकर्ताहरु अस्पताल पुगेका थिए ।
पत्रकार आचार्य राससको रौतहट सम्बाददाता हुन् । बाराको निजगढबाट रौतहटको चन्द्रनिगाहपुरमा रहेको घर जाने क्रममा आचार्यको मोटसाईकललाई काठमाडौबाट चन्द्रनिगाहपुर जाँदै गरेको ना १ ज ३७४८ नम्बरको सिखरापुरको टाटा सुमोले रौतहटको चन्द्रनिगाहपुरभन्दा चार किलोमिटर पश्चिम राजमार्गको ज·ल क्षेत्रमा ठक्कर दिएको थियो ।