Header Ads


मनहरीका उद्यमीलाई मउवा संघको स्वागत

हेटौँडा, १३ असार/मकवानपुर उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यमी विकास समितिले मनहरीमा गठन भएको महिला उद्यमी विकास समिति मनहरी क्षेत्र समितिको नव निर्वाचित पदाधिकारीलाई स्वागत एवम् सम्मान कार्यक्रमको आयोजना गरेको छ । 
अनिता कर्माचार्यको सभापतित्वमा मनहरीमा महिला उद्यमी विकास समिति मनहरी क्षेत्र समिति गठन भएको थियो । मउवासंघ/महिला उद्यमी सभापति निलम पाण्डेको अध्यक्षता तथा संघका अध्यक्ष 
राजकुमार न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । स्वागत तथा छलफल कार्यक्रममा संघका सदस्य तथा महिला उद्यमी विकास समिति सचिव राधिका सामरी पाण्डे, महिला उद्यमी देवकुमारी ढकाल, उपसभापति रविलक्ष्मी श्रेष्ठ, कोषाध्यक्ष कमला श्रेष्ठलगायत महिला उद्यमीहरुको उपस्थिती रहेको थियो । यस्तै नवनिर्वाचित मनहरीका सभापति कर्माचार्य, निवर्तमान सभापति मञ्जु सेँढाई, उपसभापति तारा रिजाल, सचिव अम्बिका वर्तौलालगायत सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा मनहरी क्षेत्रका महिला उद्यमीको समितिमा संलग्नता बढाई ग्रामीण क्षेत्रमा महिला उद्यमशिलताको अभिवृद्धिका लागि विभिन्न तालिम तथा सिर्जनात्मक कार्यक्रमहरु आवश्यक रहेको गुनासो उठेका थिए । यसअघि भएको ब्यूटिपार्लर तालिममा मनहरी क्षेत्रका प्रशिक्षार्थीहरु मध्येका उत्कृष्ट दश जनालाई एड्भान्स ब्यूटिपार्लर तालिमको अवसर प्रदान गर्ने, जुत्ता, क्रिष्टल गहना जस्ता विषयमा तालिम गर्नेलगायतका बिषयमा छलफल भएको मकवानपुर उद्योग वाणिज्य संघले जानकारी दिएको  छ । 

Powered by Blogger.