लेडी जेसीजको जेसीज सप्ताह आजबाट
हेटौँडा, १३ असार÷हेटौँडा लेडी जेसीजको बर्ष–२०१६ को जेसीज सप्ताह आज मंगलबारबाट सुरु हुँदैछ ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज मंगलबार जेसीजको आयोजनामा हेटौँडामा पहिलो पटक गल्र्स स्लो स्कुटी रेस कम्पिटिसन हुँदैछ । हेटौँडामा यसअघि स्लो मोटरसाइकल रेस कम्पिटिसन भएपनि स्लो स्कुटी रेस भने खासै नभएको र लेडी जेसीजले पहिलो पटक स्लो स्कुटी रेस कम्पिटिसनको आयोजना गर्न लागेको लेडी जेसीज अध्यक्ष शोभा खरेलको भनाई छ ।
‘पछिल्लो समय युवा पुस्तामा मोटरसाइकल तथा स्कुटी फास्ट चलाउने कम्पिटिसन जस्तै हुने गरेको छ’, अध्यक्ष खरेलले भनिन्, ‘विस्तारै मोटरसाइकल चलाएपनि गन्तव्यमा पुग्न सकिन्छ भन्ने जानकारी गराउनको निम्ति यो कार्यक्रम आयोजना गरेका हौँ ।’ जेसीज सप्ताह अन्तर्गत मंगलबार नै जिल्लामा रहेका पाँचओटा जेसीज र टोल विकास संस्थासंग समन्वय गरी जीवन बिमा सम्बन्धि सचेतना कार्यक्रम आयोजना गरिने बताइएको छ । यस्तै १५ गते बुधबार अरनिको मावि नेवारपानीमा वृक्षरोपण कार्यक्रम, बुधबारै दिउँसो निर्मल बहुमुखी क्याम्पस बस्तीपुरमा मोतिमाया बज्राचार्य स्मृति उच्च मावि हाजिरीजवाफ प्रतियोगिता, सोही दिन दिउँसो हेटौँडामा रहेको मामाघर नेपालमा आश्रित पूर्व सडक बालकहरुलाई दहिच्यूरा, फलफूल वितरण कार्यक्रम रहेको अध्यक्ष खरेलले जानकारी दिइन् । १६ गते बिहीबार गत बर्षको विनाशकारी भूकम्पमा परेर मृत्यु भएका लेडी जेसीजका सजनी कोजुको स्मृतिमा नारी संरक्षण केन्द्रमा आश्रित रहेकी उज्वल शिशु निकेतनमा कक्षा ७ मा अध्ययनरत छात्रा आरती बोगटीलाई नगद पाँच हजार छात्रावृति वितरण गरिने, र त्यसपश्चात बुद्धरत्न शाक्य स्मृति अन्तर जेसीज वक्तृत्वकला प्रतियोगिता गरिने कार्यतालिका रहेको छ ।
असार १७ गते सप्ताहव्यापी कार्यक्रमको समापन तथा पुरस्कार वितरण कार्यक्रम रहेको बताइएको छ । यस बर्षको लेडी जेसीज सप्ताह मूल कार्यक्रम संयोजक सोफिया फागो हुन् भने सह–मूलकार्यक्रम संयोजक रन्जु श्रेष्ठ रहेकी छिन् ।