सपनाले लक्ष्य निर्धारण गर्छ
अहिले हामी संविधान कार्यान्वयनको चरणमा छाँै । यो समय मुलुकका लागि अत्यन्त महŒवपूर्ण समय हो । हिजो सबै दल एक ठाउँमा गोलबद्ध भएबाट संविधान निर्माण संभव भएको हो । तर, आज संविधान कार्यान्वयनमा दलहरू अभैm एक ठाउँमा उभिन सकेका छैनन् । संविधान कार्यान्वयलाई मुख्य लक्ष्य बनाएर दलहरू एक ठाउँमा उभिने सम्भावना भने अझै कायमै छ । संविधान कार्यान्वयनमा दलहरू एक ठाउँमा उभिनु आजको आवश्यकता पनि हो । संविधान कार्यान्वयन हुने बित्तिकै राज्य बलियो हुँदै जाने निश्चित छ । राज्य बलियो हुनका लागि नेताहरू सक्षम र नैतिकवान हुन उत्तिकै जरुरी रहन्छ ।
राजनीतिक स्थिरतामा मात्र समृद्धि सम्भव छ भन्ने सत्य सबैले मनन गर्नु पर्छ । किनभने समृद्धिका लागि स्थिरता अनिवार्य सर्त हो । नेपालको विभिन्न अवस्था र पाटोबाट हेर्दा यो देश चाँडै अत्यन्त समृद्ध देश बन्ने प्रचुर संभावना र आधारहरू छन् । यसका लागि बलियो राजनीतिक नेतृत्वको आवश्यकता पर्छ । त्यो काम अब दलहरूले पूरा गर्नुपर्छ ।
समृद्धिका लागि केही ठूला चुनौतीहरू पनि छन् । अहिले पनि दिनदिनै हजारौँ नेपाली युवा विदेशिन बाध्य छन् । स्वदेशको तुलनमा विदेशमा गएका नेपालीहरूले धेरै पैसा कमाए पनि खुशी जीवन भने पाएका छैनन् । उनीहरूलाई स्वदेशमा फर्काउन राज्य असक्षम रहनु हाम्रो दुर्भाग्य हो । उनीहरूको चेतनामा परिर्वतन गराएर विदेश पलायनको काहालिलाग्दो दरलाई कम गर्नु राज्यको दायित्व हो । पछिल्लो समय विदेशमा बस्ने अधिकांश नेपालीमा ‘विदेशमा होइन, नेपालमै बसेर केही गर्नुपर्छ’ भन्ने भावना विकसित हुँदै गएको पाइएको छ । तर राज्यको ध्यान त्यता केन्द्रित हुन सकेको देखिदैन । नेपालमै क्षमता र योग्यता अनुसारको रोजगारको अवसर प्राप्त भए युवा विदेश पलायनको दर स्वाभाविक रुपमा कम हुने कुरामा सरकारको ध्यान पुग्नु जरुरी छ । एक दशक भित्रै देशलाई समृद्ध बाटोमा लैजान नेपालको भौगोलिक अवस्था, स्वाभिमानी र मिहनेती नेपाली हातहरू र प्रचुर मात्रामा रहेका यहाँका प्राकृतिक सम्पदाहरूले त्यसको सम्भावनालाई बलियो बनाएको छ । नेपाली जनताले खोजेको र रोजेको गणतन्त्र आएको छ । त्यसैले विकास र समृद्धिका लागि अब कसैले पनि रोक्न नसक्ने स्थिति छ । केबल सक्षम सहि नेतृत्व राजनीतकि सहमती र अठोटको आवश्यकता छ ।
प्रधानमन्त्रीले अहिले जे बोलीरहेका छन् ती सबै सम्भव हुने कुरा हुन् । सपना प्रधानमन्त्रीले मात्रै होईन हरेक नागरिकले देख्नु जरुरी छ । सपनाले लक्ष्य निर्धारण गर्छ । तर, सपना कार्यान्वयन गर्ने तर्पm कसले कति प्रयत्न ग¥यो भन्ने कुरा अझ महत्वपूर्ण कुरा हो । अराजकता, सरकारी सम्पत्तीको ब्रम्हलुट, घुसखोरी, महङ्गिलगायतका विषयमा जनतालाई विश्वास र भरलाग्दो कुनै ठोस कदम चाल्न नसकेसम्म प्रधानमन्त्रीको महŒवाकांक्षी सपना केवल सपनामात्र सावित हुनेछ । त्यसैले सबै दललाई एकै ठाउँमा उभ्याउन सपनाको कार्यान्वयन पक्ष बलियो पर्नेमा कसैको विमती रहन्न ।