Header Ads


मैत्रिपूर्ण भलिबल प्रतियोगिता सम्पन्न

हेटौँडा, २८ जेष्ठ/अनेरास्ववियू जनज्योति मावि प्रारम्भिक कमिटीको आयोजनामा जनज्योति मावि कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरु विच  मैत्रिपूर्ण भलिबल प्रतियोगिता भएको छ ।
कमिटीका अध्यक्ष अनुज थपलियाको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कमिटी सदस्य तथा ३ नं क्षेत्रिय कमिटिका उपाध्यक्ष आकाश अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै अधिकारीले खेलकुदले विद्यार्थी हरुको 
शारिरिक शक्तिको विकास मात्रै नभइ यसले देश निर्माणको चरणमा  महत्वपूर्ण भूमिका खेल्ने बताए । प्रतियोगितामा कक्षा १० विजयी भएको छ । 
जनज्योति उमाविका व्यवस्थापक समितिका अध्यक्ष टिका वानियाँ, जिल्ला कमिटी सदस्य जय न्यौपाने, विद्यालयका खेलकुद संयोजक किरण रेग्मि मगर लगायतको आतिथ्यता रहेको थियो ।
Powered by Blogger.