Header Ads


तरुण हेटौँडामा गिरी, थाहामा लामाको नेतृत्व

सुनिल गिरी
हेटौँडा, २८ जेष्ठ/नेपाली काँग्रेसको युवा दस्ता नेपाल तरुण दल हेटौँडा उपमहानगर कमिटीको अध्यक्षमा सुनिल गिरी चयन भएका छन् । 
शुक्रबार भएको चौथो नगर सम्मेलनले गिरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । तरुणको उपाध्यक्षमा हेमन्तकुमार थापा, सचिवमा दीपक श्रेष्ठ र कोषाध्यक्षमा सुरेन्द्र ढकाल रहेका छन् । सम्मेलनले महिला जिल्ला महाधिवेशन प्रतिनिधीमा यशोदा थापा र उर्मिला उप्रेतीलाई चयन गरेको छ भने समावेशी जिल्ला प्रतिनिधीमा नवराज थिङ चयन भएका छन् । 
यस्तै दलित समावेशी तर्फबाट अनिता विश्वकर्मा, खुल्लातर्फ कुमारध्वज लामा, अरुणसिंह लामा, सुदीप स्याङ्तान र आवेग लामा रहेका छन् भने केन्द्रीय महाधिवेशन प्रतिनिधीमा दीपेन्द्र बानियाँ चयन भएको निर्वाचन अधिकृत अर्जुनप्रसाद चौलागाईंले जानकारी दिए । तरुण दलको विधान अनुसार बाँकी कार्यसमिति सदस्यको टुङ्गो अन्य पदाधिकारीसंगको छलफल पश्चात अध्यक्षले टुङ्गो लगाउने व्यवस्था रहेको छ । 
अध्यक्षमा निर्विरोध चयन भएका गिरीले खुसी हुँदै आम युवालाई साथमा लिएर युवाको हक अधिकारको निम्ति लागिपर्ने प्रतिक्रिया दिए । ‘म सहित सम्पूर्ण कार्यसमिति सर्वसम्मत चयन हुनुले तरुण दल एकढिक्का छ, यहाँ कुनै गुटबन्दी छैन भन्ने स्पष्ट भएको छ’, उनले भने, ‘युवाका समस्या समाधानमा केन्द्रीत हुनु नै मेरो पहिलो कार्य हुनेछ ।’ तरुण दललाई सबैको आशा र भरोसाको केन्द्र बनाउँदै संगठनलाई एकढिक्का बनाएर अघि बढ्ने अध्यक्ष गिरीको भनाई छ । यसैबीच, नेपाल तरुण दल थाहा नगर कमिटीको अध्यक्षमा नवराज लामा सर्वसम्मत चयन भएका छन् । शुक्रबार भएको प्रथम थाहा नगर अधिवेशनले लामाको नेतृत्वमा सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको हो । 
तरुण्को उपाध्यक्षमा नेत्रबहादुर खत्री, सचिवमा प्रदीप विडारी, कोषाध्यक्षमा रामकुमार लामा पाख्रिन, जिल्ला प्रतिनिधिमा महिला तर्फ विन्दामाया गोले, दलितमा आश्विन परियार, खुल्लामा रामशरण गोपाली र समावेशीमा राजेश श्रेष्ठ निर्विरोध चयन भएको निर्वाचन अधिकृत पिताम्बर बास्तोलाले जानकारी दिए ।  नेपाली काँग्रेस थाहा नगर सभापति योगेन्द्रमान श्रेष्ठको अध्यक्षता एवम् काँग्रेस मकवानपुर क्षेत्र नम्बर–२ का सभापति यतिराज सापकोटाको प्रमुख आतिथ्यतामा अधिवेशन भएको हो । कार्यक्रममा महासमिति सदस्य भरत लामा, महाधिवेशन प्रतिनिधी रमेश रौनियार, जिल्ला सदस्य भीमबहादुर लामा, क्षेत्रीय उपाध्यक्ष सुजन गोपाली, क्षेत्रिय सचिव ओम बस्नेतलगायतले नव निवार्विचत कार्यसमितिलाई काँग्रेसको नीति र विचारमा एकताबद्ध हुँदै जनताको हकअधिकारको क्षेत्रमा काम गर्न सुझाव दिएका थिए ।
Powered by Blogger.