किसान महासंघ मकवानपुरमा अधिकारीको नेतृत्व
हेटौँडा, २८ जेष्ठ/नेकपा एमाले निकटको संगठन अखिल नेपाल किसान महासंघको महिला जिल्ला संघको अध्यक्षमा सीता अधिकारी सर्बसम्मत चयन भएकी छिन् ।
शुक्रबार एमाले पार्टी कार्यालय हेटौँडामा भएको किसान महासंघको जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमबाट अधिकारीको अध्यक्षतामा १० सदस्यीय महिला किसान जिल्ला कमिटी निर्माण गरेको हो । कमिटीको उपाध्यक्षमा रेखा खतिवडा, सचिवमा मनिला बिष्ट, सहसचिवमा रुपा खुलाल र कोषाध्यक्षमा चेतकुमारी पुडासैनी रहेका छन् भने सदस्यमा मेनुका राई, सावित्रा देवकोटा, सानुकान्छी थिङ, मेनुकाकुमारी हुमागाई र सरिता गौतम रहेका छन् । भेलाले १ र ३ नम्बरमा क्षेत्रीय कमिटी पनि निर्माण गरेको छ ।
१ नम्बर क्षेत्रीय कमिटीको अध्यक्षमा बिष्णु तिमल्सिना रहेका छन् भने ३ नम्बर क्षेत्रीय अध्यक्षमा सरस्वती अधिकारी रहेका छन् । जिल्ला स्तरीय प्रशिक्षणमा महासंघका केन्द्रीय उपाध्यक्ष तथा ३ नम्बर प्रदेशका संयोजक हरि पराजुलीले किसानलाई उत्पादन र आयआर्जनमा जोडेर लैजानुपर्ने बताए ।
