Header Ads


शिक्षक वक्तृत्वमा अर्याल उत्कृष्ट

हेटौँडा, २८ जेष्ठ/शिक्षकको नजरमा विद्यार्थी बिषयक वक्तृत्वकला प्रतियोगितामा जनप्रिय उच्च माविका शिक्षक नवराज अर्याल प्रथम भएका छन् । 
जनप्रिय उमावि स्रोत केन्द्रस्तरीय क्षत्रीय शैक्षिक समन्वय समिति हेटौँडा १९–२५ नम्बर वडाको बार्षिक कार्यक्रम अनुसार बालबोध उमावि हटियाको प्रायोजनमा भएको प्रतियोगितामा अर्याल प्रथम भएका हुन् । प्रतियोगितामा बालबोध उमावि हटियाका लक्ष्मी चौलागाईं द्वितीय, दिव्यज्योति निमावि हटियाका उद्धव दुलाल तृतीय र कमला निमावि हर्नामाडीका रञ्जनकुमार कठायत सान्त्वना भए । प्रतियोगिताको विजेता शिक्षकहरुलाई कार्यक्रमका प्रमुख अतिथि स्रोत व्यक्ति केशव सञ्जेल, संयोजक शिवदयाल यादव, नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौँडाका सचिव रामसागर खतिवडा, बालबोध उमाविका अध्यक्ष देवराज अधिकारीलगायतले पुरस्कार वितरण गरेका हुन् । 
विजयी शिक्षकहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो । प्रतियोगिताको निर्णायकमा साहित्य संगम मकवानपुरका अध्यक्ष सुवास खनाल र हाम्रो मातृभूमि साहित्य पत्रिकाका प्रकाशक सम्पादक देवराज खरेल रहेका थिए ।
Powered by Blogger.