Header Ads


परदेशी मन

ओमप्रसाद फुयाँल

मनले पुज्ने मेरो भगवान
अलि पर छ ¤
उ त्यो लमतन्न सुतेको
कन्चनजंगाले क्षितिजलाई छोएर
हाँसेको हिमाल संग संगै ,
गुराँस, डाफे अनि मुनाल छम छमी
नाचेको आवाज सुन त
लस्करै हिँडेका खच्चर भारी बोकी
घाटीमा झुन्डाईएको टिन–टिन आवाज सुन त
सेतो फुलेको दारी, कपाल
मुसुक्क हाँस्दै छन् सेर्पा बुडा
साएद आज खच्चर तिर्खाएको छैन होला
इतिहासले ठगेको मेरो भाग्य रेखा
कोर्नु अगिनै म परदेशी
खै के गरेछन बाजेहरुले
यो धमिलो आखा,
रोएको मनले
सधै सगरमाथाको
काख सम्झिन्छ
पशुपतिको आर्शीवाद
अनि स्वम्बुको आखा सम्झिन्छ ¤¤
तसर्थ अचेल सुगौली सन्धिले
पोलिरेहेछ ¤¤
छटपटी मन शान्ति खोज्दै
परदेशको एउटा कुनामा बाट
मैले पुज्ने भगवान चियाइरहेछु ¤
कन्चनजंगाले क्षितिज संग
लुकामारी खेलेको दिशा तिर ¤
–हेटौँडा–७
हाल साउदी अरब

Powered by Blogger.