Header Ads


सक्षम निर्णायक देऊ

विगत लामो समयदेखि मकवानपुर फुटबल खेलाडि उत्पादनको उर्वर भूमि सावित हुँदै आएको छ । नेपाली फुटबल इतिहासको विगतदेखि बर्तमानसम्म नियाल्ने हो भने पनि यो कुरा सहजै अनुमान गर्न सकिन्छ । फुटबलप्रेमीहरुका माझ गणेश थापा देखि रञ्जन विष्ट र अञ्जन बिष्ट सम्मका प्रभावशाली फुटबल खेलाडि मकवानपुरका मात्र नभई देशकै परिचायक बनेका छन् ।
मकवानपुरमा खेलाडि उत्पादन कै उद्देश्य अनुरुप नगरकप फुटबल प्रतियोगिताको शुरुवात गरिएको छ । नयाँ बर्ष–२०७३ को शुरुवातसँगै सम्पन्न पहिलो नगरकपको समिक्षा कार्यक्रम पनि सम्पन्न भईसकेको छ । निर्णायकका विषयलाई लिएर नगरकपमा केही जटिल समस्या उत्पन्न भए पनि प्रतियोगिता सफल भएबाट सबैमा हौसला बढेको छ । भावी दिनमा यस पटकको प्रतियोगितामा देखिएको कमि कमजोरीबाट प्राप्त शिक्षा अनुसार त्यसलाई परिमार्जन गर्दै अघि बढ्नु आयोजकका लागि बुद्धिमत्ता ठहर्छ । राम्रो स्टेडियम अभावका कारण खेलमा आईपर्ने सामान्य वादविवादलाई स्वभाविक रुपमा लिनु पर्ने भए पनि फुटबलको आधारभूत नियमलाई भने नजरअन्दाज गर्न सकिन्न । श्रोत–साधनको पूर्ण विकास नहुन्जेल उपलब्ध श्रोत–साधनको उच्चतम प्रयोग गर्नु खेलाडिको कर्तब्य हो भने निर्णायकको भूमिका निर्वाह गर्न सक्ने सक्षम निर्णायक दिनु आयोजकको जिम्मेबारी । निर्णयकका कारण खेलमा आईपर्ने विवादले खेलाडिको मनोबल कमजोर पार्न सक्छ । त्यसैले आयोजकले सहभागि टिमलाई अनुशासनमा बाँधी सक्षम निर्णायकको ब्यवस्था गर्न सक्नु पर्छ । आगामी बर्षदेखि प्रतियोगितामा सहभागि टिमलाई कडा कानुनको दायरामा ल्याउन संस्थागत रुपमा स्वयम नगरपालिका नै लागि परे विवादको संभावना न्युन हुने निश्चित छ । प्रतियोगितालाइ आवश्यकता अनुसार परिस्कृत र परिमार्जित गर्दै निरन्तरता दिनु नै उत्तम उपाय हो ।
  नगरकपको ल्पेटफर्मबाट उत्पादित खेलाडि देशकै गहना बन्ने भएकाले सबैले नगरकप फुटबल प्रतियोगितालाई साझा रुपमा लिनु पर्छ । सबैको साथ, समर्थन र सहयोग बिना यसले निरन्तरता पाउन असंभव छ । देशमै हटौँडा उपमहानगरपालिकाले पहिलो पटक नगरकप फुटबल प्रतियोगिता शुरु गरेकोले पनि यसको महत्व यहाँका बासिन्दाले बुभ्mनु जरुरी छ । आयोजकले तुरुन्तै अत्याधुनिक खेल मैदान, खेलाडि सुविधालगायतमा खर्च गर्न नसके पनि कम्तिमा सक्षम र योग्य निर्णायकको उपलब्धतालाई ध्यान दिन सके नगरकप अविच्छिन्न सम्पन्न भईरहनेमा नगरबासी ढुक्क हुने थिए की ?
Powered by Blogger.