Header Ads


पत्रकारको क्षमता अभिवृद्विका लागि अभिमुखीकरण

हेटौँडा, २७ जेष्ठ/छापा सञ्चार माध्यममा कार्यरत सम्पादकहरुको क्षमता अभिवृद्वि गर्ने उद्देश्यका साथ हेटौँडामा तीनदिने अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । 
नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालय सूचना विभागको आयोजनामा काठमाण्डौँ र हेटौँडाका दैनिक तथा साप्ताहिक पत्रिकाको सम्पादकहरुका लागि बिहीबारबाट अभिमुखीकरण कार्यक्रम सुरु भएको हो । सेफर्ड कलेजले संयोजन गरेको अभिमुखीकरण कार्यक्रमलाई सञ्चार केन्द्र हेटौँडा र नेपाल पत्रकार महासंघ मकवानपुरले सह संयोजन गरेको छ । 
अभिमुखीकरणको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले उद्घाटन गरेका हुन् । समाजले असल र सभ्य पत्रकारिताको अपेक्षा गरेको बताउँदै पन्तले यस कार्यक्रमले समाजको अपेक्षा परिपूर्ति गर्न केही मद्दत गर्ने विश्वास लिए । पत्रकारको क्षमता अभिवृद्विको लागि सरकारले बेलाबखतमा विभिन्न कार्यक्रमको आयोजना गरेको उनको भनाई थियो । 
नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष गिरिजा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रमका संयोजक डा. सुरेश आचार्य, पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्षद्वय कौशल पाण्डे र नवराज शर्मा, सञ्चार केन्द्र हेटौँडाका पूर्व प्रमुख केशवराज बानियाँ, सञ्चार केन्द्रका प्रमुख दिलिप श्रेष्ठलगायतले पत्रकारको क्षमता अभिबृद्विको निम्ति यस्ता कार्यक्रम बेला बखतमा हुनु आवश्यक रहेको बताए । 
तीनदिन सम्म सञ्चालन हुने कार्यक्रममा काठमाण्डौँ र हेटौँडाका गरी ३० जना पत्रकारको उपस्थिति 
रहेको पत्रकार महासंघ मकवानपुरका सचिव कृष्ण सारु मगरले जानकारी दिए ।
Powered by Blogger.