खैरोहेरोईन सहित एकजना पक्राउ
हेटौँडा, २७ जेष्ठ/मकवानपुर प्रहरीले अवैध लागूऔषध खैरोहेरोईन सहित एकजनालाई पक्राउ गरेको छ ।
बुधबार बेलुका करिब पौने ७ बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१७ रातोमाटेमा रहेको प्रहरी चेकपोष्टमा चेकिङको क्रममा खैरोहेरोईन सहित नवलपरासी जिल्ला गैडाकोट नगरपालिका बस्ने ३७ बर्षका बिनोद परियार पक्राउ परेका हुन् ।
ईलाका प्रहरी कार्यालय पशुपतिनगर हेटौँडाको टोलीले वीरगंजबाट हेटौँडा तर्फ आउँदै गरेको ना ५ ख ९३३९ नम्बरको माईक्रो बसमा आएका परियारले लुकाई ल्याएको खैरोहेरोईन ४० ग्राम फेला फेला पारेको हो ।
खैरोहेरोईनसहित पक्राउ परेका परियारलाई पक्राउ गरी आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मीरा चौधरीले जानकारी दिइन् ।

