पत्रकार आचार्य घाइते
हेटौँडा, ३० जेष्ठ/सवारी दुर्घटनामा परेर प्रेस युनियन रौतहटका उपाध्यक्ष नरहरि आचार्यसहितको उनको श्रीमति र छोरी घाइते भएका छन् ।
बाराको निजगढबाट चन्द्रनिगाहपुर तर्फ मोटरसाइकलमा जाँदै गर्दा टाटासुमोको ठक्करबाट आचार्यसहित उनको परिवार घाइते भएको हो । आचार्यको अवस्था सामान्य रहेको भएपनि उनको श्रीमति र छोरीको अवस्था गम्भिर रहेको छ ।
तीनैजनाको हेटौँडाको चुरेहिल अस्पतालमा उपचार भैरहेको छ । आचार्यले चलाएको ना २७ प ७३१२ नम्बरको मोटरसाइकललाई काठमाण्डौँबाट चन्द्रनिगाहपुर तर्फ जाँदै गरेको ना १ ज ३७४८ नम्बरको सुमोले ठक्कर दिएको प्रेस युनियन रौतहटका रत्नकुमार अधिकारीले जानकारी दिए । राष्ट्रिय समाचार समितिको रौतहट जिल्ला संवाददाता रहेका आचार्य हाइवे न्यूज डेलीका प्रधान सम्पादक समेत हुन् ।
