Header Ads


प्रकाश पाण्डे राप्रपा नेपालमा गएका छैनन् : माओवादी

हेटौँडा, २६ जेष्ठ/मङ्गलबार हेटौँडामा भएको राप्रपा नेपालको जिल्ला परिषद् बैठकको उद्घाटनमा नेकपा माओवादी केन्द्रका नेताहरु प्रवेश गरेको बिषयमा अनावश्यक हल्ला फैलाउन खोजेको आरोप लगाएको छ ।  
माओवादी केन्द्र मकवानपुरका सहसचिव प्रकाशचन्द्र पाण्डे ुप्रलोकु संग नाम मिलेका एक व्यक्ति राप्रपा नेपालमा प्रवेश गरेको भन्दै हल्ला गरिएको प्रति माओवादीले ध्यानाकर्षण भएको जनाएको हो । 
‘नेकपा माओवादी केन्द्रका जिल्ला समिति सदस्य तथा पूर्व जनमुक्ति सेनाको कम्पनी कमाण्डर प्रकाश पाण्डे राप्रपा नेपालमा प्रवेश गरिएको भन्ने समाचार प्रति हाम्रो ध्यानाकर्षण भएको छ’, माओवादीले जारी गरेको विज्ञप्तीमा भनिएको छ । एकीकृत नेकपा माओवादी मकवानपुरको लेटरप्याडमा पार्टी जिल्ला अध्यक्ष प्रेमबहादुर पुलामी छिन्तुले हस्ताक्षर गरेको प्रेस विज्ञप्तीमा राप्रपा नेपालमा प्रवेश गरेका प्रकाश पाण्डे नामका व्यक्ति आफ्नो पार्टीको साधारण सदस्य समेत नभएको बताएका छन् ।‘पूर्व जनमुक्ति सेना र हाम्रो पार्टीको जिल्ला समितिको समेत बद्नाम हुने गरी गरिएको दिइएको सूचना भ्रामक, कपोकल्पित मात्र भएको जानकारी गराउन चाहन्छौँ’ विज्ञप्तीमा भनिएको छ ।
Powered by Blogger.