अधिकारी र लामा काठमाण्डौ“मा सम्मानित
हेटौँडा, २६ जेष्ठ/हेटौँडा–११ मा रहेको नलेज भिलेज नेपालका कार्यकारी निर्देशक सुर्दशनप्रसाद अधिकारी र पूर्व महिला नेतृ ओमु टेम्पा लामालाई काठमाण्डौँमा सम्मानित भएका छन् ।
शान्ति र विकासका लागि नागरिक आवाज संस्थाले बुधबार एक कार्यक्रमका बीच अधिकारी र लामालाई विशेष सेवा सम्मान–२०७३ प्रदान गरेको हो । राष्ट्रिय नाचघरमा भएको कार्यत्रममा उपराष्ट्रपति नन्दकिशोर पुनबाट उनीहरु सम्मानित भएका हुन् । सम्मानित भएपछि नलेज भिलेजका कार्यकारी निर्देशक अधिकारीले यस सम्मान आफ्नो लागि ठूलो उपलब्धी भएको प्रतिक्रिया दिए । ‘मैले लामो समय आर्थिक र वित्तिय क्षेमा सेवा गरेँ’, उनले भने, ‘त्यहि सेवाको फलको रुपमा रहेको नलेज भिलेज सञ्चालनको छोटो समयमा नै यो सम्मान प्राप्त गर्न सफल भएको छु ।’
अधिकारी र लामा सहित विभिन्न स्थानका विभिन्न क्षेत्रका १६ जनालाई सम्मान गरिएको थियो ।

