Header Ads


बढ्दो जनसङ्ख्या र यसका चुनौतीहरु

रामप्रसाद पण्डित
जनसङ्ख्या दिवश किन मनाउने यस्ता कार्यक्रम गर्नुको सकारात्मक तथा नकारात्मक पक्ष के के हुन् त ? विश्व जनसङ्ख्या दिवश मनाएर हाम्रो कार्यक्रमको लगानी सदुपयोग कसरी हुन्छ त ? अध्ययन गर्न जरुरी छ । विश्वको जनसङ्ख्या उमो लाग्ने क्रम तीव्र गतिमा छ । विश्वको जनसङ्ख्याको तथ्याङ्कलाई आधार मान्ने हो भने सुडान र ओमान विश्वकै तीव्र गतिमा जनसङ्ख्या
बढिरहेको राष्ट्र हो, जहाँ आज पनि भोकमरीले ज्यान गुमाउने सङ्ख्या हजारौ छन् ।
हामी विश्व जनसङ्ख्या दिवस मनाउने तयारी गरिरहँदा संसारको धेरै जनसंख्या भएको राष्ट्र चीन संसारकै शक्तिशाली राष्ट्रको रुपमा स्थापित छ । अर्को छिमेकी राष्ट्र भारतको जनसङ्ख्या बढ्ने क्रम पनि उतिकै द्रुत गतिमा छ । एकसय ३० करोड जनताको आधारभुत आवश्यकता कसरी पु¥याउने भारतको मुख्य समस्या हो । भारतमा दैनिक सडक दुर्घटनामा ज्यान गुमाउने हजारौँ छन् यसको मुख्य कारण मध्येको तीव्र जनसख्या वृद्धि पनि एक हो । शिक्षितको तुलनामा अशिक्षित बढि थिए केहि दशक अगाडि तर नेपालमा शहरी विकास, सानोपरिवार सुखी परिवारको सचेतना वृद्धिले वा भनौ सैद्धान्तिक शिक्षा प्रणालीले केहि हदसम्म भएपनि जनसंख्या वृद्धिदरमा कमी आइरहेको छ । अबको दिनमा विकसीत राष्ट्रले सचेत तथा शिक्षित नागरिक बढाउने प्रयास गर्नेछ , जसको एउटै उद्देश्य भनेको समस्यालाई घटाउने विश्वव्यापी रुपमा आफनो अस्तित्व जमाउने असल फर्मुला हो । जनता धेरै भएर मात्र कोहि राष्ट्र गरिब हुदैन जसको ज्वलन्त उदारण चीन हो उता युद्धबाट ग्रसित साउथ अफ्रिकी मुलुक सुडान तथा ओमान जस्ता मुलुकमा गरीबी, अशिक्षा तथा चेतनाको कारणले दिनानुदिन जनसङ्ख्या बढ्ने क्रम जारी छ । कोही विकशित राष्ट्र जनसङ्ख्या कम भएको कारण सन्तान बढाउन प्रोत्साहन प्रदान गर्छ भने कुनै राष्ट्र सन्तान जन्माउने स्वतन्त्रतालाई पनि बन्द गराई कारबाही गर्ने कानुन बनाउँछ । यी सबै किसिमको योजना आफ्नो राष्ट्रको अर्थ विकासका पूर्वाधारलाई मध्यनजर गरेर बनाइएको योजना हो ।
नेपालको अवस्था हेर्ने हो भने नेपालमा एक÷एक दशकमा जनगणा गर्ने गरिएपनि सबैभन्दा बढि सन् २००१ मा जनसंख्या वृद्वि दर २ दशमलव २५ प्रतिशत थियो तर सरकारी पहल तथा सानो परिवार सुखी परिवारको सकारात्मक सोच, शिक्षित जनसङ्ख्या बढ्दै जानुले सन् २०११ मा त्यो दर घटेर १ दशमलव ३५ प्रतिशतमा झरेको छ यो नै सन्तुष्टि मान्नु पर्ने परिणाम भने पक्कै हैन तर पनि सरकारले बढ्दो जनसङ्ख्या कम गर्नको लागि गरेको लगानीको पूर्ण फाईदा पाउन यस्ता कार्यक्रमले निरन्तरता भने पाउन जरुरी छ । यस्ता कार्यक्रमलाई सफल बनाउन सहयोगी भूमिका खेल्ने सघं संस्थालाई सम्मान तथा कदर गर्दै अगाडि बढ्न जरुरी छ ।
विगतको धेरै तथ्यलाई आधार मान्ने हो भने यस्तो सकारात्मक पक्षको सरकारले कदर गर्दै विभिन्न कार्यक्रमको आयोजना गरी मनाउदै जानुले जनसङ्ख्या बृद्वि दरमा अंकुश लगाउन केही हदसम्म सहि कदम चालेको मान्न सकिन्छ । समय समयमा हुने ब्याख्या बिश्लेषण, अध्ययन तथा अनुसन्धानले जनसङ्ख्या वृद्विदरलाई रोक्नुपर्ने प्रतिवेदन निकाल्छ । नेपालका जनसङ्ख्याविद्व, सरकारी आकंडा तथा विभिन्न संघसंस्थाको अध्ययनलाई हेर्दा भौगोलिक तथा विकास निर्माणको आधारमा नेपालको जनसङ्ख्या बढि भएको छ । जनसख्या वृद्धि दु्रत रुपमा हुँदा विकासोन्मुख देशलाई चौतर्फी असर पर्न जान्छ । जनसङ्ख्या अनुसार राज्यले गाँस, बास, कपास तथा सुरक्षा प्रदान गर्नु राज्यको दायित्व हो । विकासका पूर्वाधार निर्माण गरी जनतालाई विकास भएको प्रत्याभूति गराउनु राज्यको जिम्मेवारी हो ।
गासः एउटा मानव जसले जन्मने बित्तिकै आमाको दुधबाट आफ्नो आहारा पुरा गर्न सुरु गर्छ । राज्यमा रहेका सम्पुर्ण जनतालाई आवश्यक वातावरण मिलाएर आफना आवश्यकता खाद्यान्व परिपुर्ति गराउनु राज्यको दायित्व हो । राज्यले आज पनि भौगोलिक विकटताका कारण आवश्यक खाद्य सामाग्री सहज र समान रुपमा जनतालाई वितरण गर्न सकेकोछैन । अनुदानमा आएको खाद्य सामाग्री राजनीतिक भागबन्डा नमिल्दा वर्ष दिनसम्म आवश्यक स्थानमा पुगदैन । आवश्यक परिवारलाई आएको अनुदान सामाग्री त्यसै भन्सारबाट कुहिएको सामाग्रीको रुपमा फ्याक्न पर्ने अवस्था छ । यता खान नपाएर मर्नेको संख्या दिनानु दिन बढ्दै छ । त्यसैले पनि सरकारको उतरदायित्व आफैले पुरा गर्न जरुरी छ ।
बास ः घर देउ सरकार की त घर छाउन खर देऊ भन्ने अवस्था हो । राज्यबाट आस गरेको जनताले कुनै पनि आवश्यक वस्तु प्रर्याप्त दिनसक्ने स्थितिमा राज्य छैन । राजनीतिक अस्थिरताका कारण भनौ अथवा राजनीतिक खिचातानीले देश र जनताको आवाजको सुनुवाई हुनसकेको छैन । आफनो बेलामा थोरै रकम पनि दिन डराउने राजनीतिक दल आज अरुको दलिय समयन्त्र बिगार्न दुई लाख दिनुपर्ने माग राखेर संसद अवरुद्व गर्छ । देशमा महाभूकम्पले विनाश पारेको नेपालीले बास नपाएको एक बर्ष पुग्दा पनि बास दिन सक्दैन । आएको अनुदान खाद्यान्न वितरण प्रणाली सहज बनाउन सक्दैन, सीमित जनसङ्ख्या रहँदा राम्रो काम गर्न नसक्ने राज्यले जनसङ्ख्या वितरणलाई कसरी समान गर्न सक्छ ? जनसङ्ख्या वृद्धिलाई कम गराउँदै विकासतर्फ अगाडि बढ्न जरुरी छ । उचित बासस्थान वितरण प्रणाली जरुरी छ । जसले गर्दा नेपालीले सहज वासस्थान पाएको महशुस गर्न पाएको हुन्थे ।
कपास ः राजनीतिक अस्थिरता नरहँदा राज्यले संविधान बनेको १४ महिना भैसक्दा पनि जनतालाई राहतको महसुस गराउन सकेको छैन् । भूकम्मपका कारण जनताले अन्न तथा लत्ता कपडा सहज रुपमा पाउन सकेको छैन । संविधानले लगानीकर्ता तथा अनुदान दिने संघसस्था तथा सहयोगी राष्ट्रलाई सम्मान दिन सकेको छैन । अवैधानिक रुपमा नागरिता प्राप्त गरेको जनताको कारण नेपाली नागरिकको सुविधा बाँडफाट भएको छ । वास्तविक जनता कति हुन त ? वंशजको नागरिकता भएका नागरिक कति त ? सुविधा तथा विकास जनसङ्ख्याको आधारमा भयो भने देश विकासतर्फ लैजान सहज हुनेछ । सबै विकासतर्फ लाग्ने वातावरण तयार भए देश आफैँ विकाश हुने निश्चित छ ।
शिक्षा ः नेपाल सरकारले कक्षा १० सम्मको शिक्षालाई निःशुल्क शिक्षा भने पनि यो पूर्णरुपमा कार्यान्वयन हुनसकेको छैन । ५५÷५६ प्रतिशत साक्षरता रहेको नेपाल यसरी पेपरमा मात्र सीमित रहने हो भने हामीले बढ्दो जनसङ्ख्याले नेपालको शिक्षालाई कुनै न कुनै रुपमा असर पर्छ । जसको सामना हामी सबैले मिलेर गर्नुपर्नेछ । सरकारले बढ्दो चुनौतीलाई आगामी दिनमा कम गर्दै लैजान जरुरी छ । जनतालाई जति सचेत गराउन सक्यो बढ्दो जनसंख्याबाट हुने समस्या कम गराउन सकिन्छ । प्रयोगात्मक शिक्षालाई आत्मसात गर्न नसक्दा आज लाखौँ बेरोजगार युवा बिदेश पलायन हुन बाध्य छन् । सैद्वान्तिक शिक्षामा अडिएको नेपालको शिक्षा प्रणालीमा जोडिन बाध्य छौँ हामी नेपाली ।
स्वास्थ्य ः नेपालको स्वास्थ्य अवस्था उस्तै नाजुक छ । १ जना चिकित्सक बराबर ६ हजार विरामी भागमा पर्छ । नेपाल सरकारले नक्कली डाक्टरको अनुसन्धान सुरु गर्दा धेरै प्रमाणपत्र नक्कली भेटिएको छ । यस कारणले त स्वास्थ्य क्षेत्र झनै कमजोर बन्दै जाने सम्भावना देखिन्छ । जनसङ्ख्या वितरण असमान रहेको नेपालको हिमाली तथा दुर्गम भूभागमा स्वास्थ्यकर्मी जान मान्दैनन, गएपनि विभिन्न छुट्टी तथा अध्ययनको वहानामा सुगम स्थानमा बसोबास गर्ने चलन छ, जसले गर्दा नेपालमा सहज स्वास्थ्य उपचार सम्भव छैन । चेतनाको कमीले गर्दा पनि बिरामीको चाप बढी हुन्छन् ।
त्यसैले सरकार सचेत भएर मात्र हुन्न जनता पनि सचेत हुनु जरुरी छ । जनसङ्ख्या वितरण प्रणाली सरल तथा सहज बन्यो भने स्वास्थ्य मात्र हैन देश नै विकाशतर्फ लम्कनेछ ।
(पण्डित सुनौलो शिक्षा नेपाल मकवानपुरका अध्यक्ष हुन् ।)
आज मिति २०७३ असार २७ गते सोमबार प्रकाशित लेख
Powered by Blogger.