मनहरी मध्यवर्तीमा तितुङको नेतृत्व
मनहरी, २५ असार/मनहरी मध्यवर्ती उपभोक्ता समिति मनहरीको अध्यक्षमा पदम तितुङ चयन भएका छन् ।
शनिबार भएको तेस्रो बार्षिक साधारणसभा तथा अधिवेशनबाट तितुङको नेतृत्वमा सर्वसम्मत १३ सदस्यीय कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा सिताराम अर्याल, सचिवमा कमल राई, सहसचिवमा इन्द्रबहादुर बस्नेत, कोषाध्यक्षमा शारदा सापकोटा र सदस्यमा कृष्णमाया राई, बिष्णुबहादुर राई, मुकुन्द अधिकारी, राजेन्द्र श्रेष्ठ, रामप्रसाद इटेनी, इन्द्र थापा मगर, तेजराज उप्रेती र कृष्णहरि थिङ रहेका छन् ।
मनहरी रेञ्जपोष्ट इन्चार्ज रेञ्जर सन्तबहादुर थिङको प्रमुख आतिथ्यता एवम् मनहरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मुक्तिनाथ अधिकारीको अध्यक्षतामा अधिवेशन भएको समितिका पूर्व कोषाध्यक्ष नुरज पौडेलले जानकारी दिए ।
अध्यक्षमा सर्वसम्मत चयन भएका तितुङले सबैको साथ, सहयोग र सहकार्यमा संरक्षणको क्षेत्रमा काम गर्ने प्रतिबद्वता व्यक्त गरे ।
