भीमफेदीका जेष्ठ नागरिकलाई सम्मान
हेटौँडा, ३१ असार/मकवानपुरको भीमफेदीका ८३ बर्ष भन्दा माथि उमेर समूहका जेष्ठ नागरिकलाई नयाँ पोशाक सहित दिर्घायुको कामना गर्दै सम्मान गरिएको छ ।
पशुसेवा केन्द्र तथा कृषि सेवा केन्द्रको आयोजना तथा भीमफेदी गाविस कार्यालयको सहयोगमा ८३ बर्ष माथिका ३४ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । क्षेत्रीय कारागार प्रमुख चिरञ्जिवी थापा, स्वास्थ कार्यालय भीमफेदीका डा.विकास भट्टराई, डा. विनय खनाल, गाविस सचिव बद्री सापकोटा र स्थानीय दलीय संयन्त्रका प्रतिनिधीले सम्मान गरेका हुन् ।
ज्येष्ठ नागरिकलाई सम्मान गर्दै उनीहरुसंग रहेको अनुभव ग्रहण गर्नका लागि सम्मान कार्यक्रमको आयोजना गरिएको पशु सेवा केन्द्रका प्रमुख जनार्दन पौडेलको भनाई छ । गाविस सचिव सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा नेपालका प्रमोद श्रेष्ठ, बाल उद्दान तथा बृद्ध विश्राम स्थलका अध्यक्ष जहारसिं लामालगायतले ज्येष्ठ नागरिकको सम्मान आवश्यक रहेको औँल्याएका थिए ।
यसैगरी जिल्ला पशु कार्यालयको प्रायोजन तथा भीमफेदी पशु सेवा केन्द्रको आयोजनामा भूकम्प प्रभावित गाविसका किसानहरुलाई उन्नत जातको ब्याडको बोका वितरण गरेको छ । निबुवाटार गाबिसमा एउठा, भीमफेदीमा तीनवटा र इपा पञ्चकन्यामा १० वटा बोका वितरण गरिएको हो ।
कृषि सेवा केन्द्रका प्रमुख रामपुकार साहले गाउँ कृषि समितिबाट प्रदान गरेका कृषि प्रविधी सामग्री समूहमा वितरण गरी जेष्ठ नागरिकलाई मिष्ठान्न भोजन सहित बिदाई गरिएको थियो ।