हेटौँडा उपमहानगरपालिद्वारा एप्सको शुभारम्भ
एप्सको शुक्रबार एक कार्यक्रमका बीच औपचारिक रुपमा सुरुवात गरिएको हो । यस एप्सको माध्यमबाट सूचना प्रणालीमा सर्वसाधारण तथा व्यवसायिक क्षेत्रको पहुँच अभिबृद्धि हुनुको साथै
नगरपालिकाको काम कारबाहीको बिषयमा पारदर्शिता कायम हुने विश्वास लिइएको छ । हेटौँडा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत सुदेवकुमार पोखरेलले एप्सको माध्यमबाट नगरपालिकाको काम कारबाहीको बिषयमा जो कोहीले पनि आफ्नो मोबाइल मार्फत सहजै जानकारी लिन सक्ने बताउँदै यसलाई प्रभावकारी ढंगले सञ्चालन गर्नु आवश्यक रहेको बताए ।
‘प्रत्येकको हातहातमा मोबाइल रहेको अवस्थामा नगरपालिकाको काम, कर्तव्य र अधिकार एवम् यहाँको सेवा प्रवाहको बिषयमा सबैले सहजै बुझ्न सक्नेछन् भन्ने विश्वास लिएका छौँ’, पोखरेलले भने, ‘यसलाई प्रभावकारी बनाउने बिषयमा भने हामी सबैको सहयोग आवश्यक छ ।’
म्याट्रिक्स सफ्टेक प्रालिले यो एप्स निर्माण गरेको हो । यसअघि निजगढ नगरपालिकाले एप्स सञ्चालनमा ल्याएको र अन्य नगरपालिकाले अहिलेसम्म एप्स सञ्चालनमा ल्याएको जानकारी नभएको हेटौँडा उपमहानगरपालिकाका सामािजक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाको भनाई छ ।
म्याट्रिक्स सफ्टेक प्रालिका सन्तोष सिग्देलले एप्सको बिषयमा जानकारी दिँदै यसको विशेषताको बिषयमा जानकारी गराएका थिए ।
