Header Ads


दुग्ध पदार्थ उत्पादनमुलक विषयक अन्तरक्रिया

हेटौँडा, ४ साउन/हेटौँडामा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था र बारामा रहेको डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाको संयुक्त आयोजनामा मापदण्ड अनुरुप गुणस्तरयुक्त दूध तथा दुग्ध पदार्थ उत्पादनका विषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम भएको छ । 
केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष तेजप्रसाद लम्सालको अध्यक्षता रहेको 
थियो । देवकोटाले आधुनिक प्रविधिमा सहकारीको लेखालाई प्रभावकारी बनाउन सफट्वयरको आवश्यक रहेको बताए । लेखालाई पारदर्शिता बनाउन सफट्वयरको अति आवश्यक रहेको बताउँदै देवकोटाले भने, ‘संघ र जिल्लामा भएका दूधको गतिविधीलाई सफ्टवयरले पनि झल्काउने गर्दछ ।’ कार्यक्रममा मापदण्डअनुरुप गुणस्तरीय दूध विक्रि वितरण गर्नुपर्ने, संस्थामा नियमित सरसफाई गरिनुपर्ने, किसानहरुलाई सूचना प्रवाह गरिनुपर्ने लगायतको विषयमा छलफल गरिएको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका व्यवस्थापक कुमारमणि दाहालले जानकारी दिए । कार्यक्रममा सामथ्र्य नेपालका जिएनपी प्रोगाम प्रमुख डा. कृष्ण पौडेल, फरवार्ड संस्थाका प्रमुख नेत्रप्रताप सेन, हेटौँडा दुग्ध वितरण आयोजनाको निमित्त प्रमुख वीरेन्द्रकुमार भट्ट, हेटौँडा डेरी इण्डस्ट्रिजका प्रमुख अमित अग्रवाल लगायतको आतिथ्यता रहेको थियो ।  मंगलबार नै केन्द्रिय दुग्ध उत्पादक सहकारी संघको आयोजनामा सहकारीमा कम्प्यूटर सफ्टवयरको व्यवस्थापन विषयक छलफल कार्यक्रम भएको छ । 

Powered by Blogger.