म पनि बन्छु, तपाईहरुनी बन्ने हो ?
१७ हजार भन्दा पनि बढीको ज्यान बक्सिस दिएर ल्याइएको लोकतान्त्रिक, धर्म निरपेक्ष नयां गनगणतन्त्रे नेपाल अहिले यतिखेर दुइ थान पेशाले ख्याती कमाको छ । एक लम्बरा नेतागिरी अनि दुइ नम्बरा पत्रकारी । नेतागिरी अर्नलाइ लगानी चाहिन्न । नेतागीरी अर्नलाइ बिधानी चाहिन्न मात्र अलिकति दिमाखा बुद्धि र कलाभे पुग्छ । सानोतिनो लफडामा दर्जन चोटि झ्यालखाना पर्या हो भने अति उत्तम किनभने नेतागिरीको लागि त्यो नै सबै भन्दा ठुलो डिग्री हो ।
तस्करी, चोरि, अपहरण गरेको हो भने झनउत्तम र मुन्छी मारेर ठुला अदालतले हत्याराको सटिफिकेट दिँदासमेत पुलिसले समाउन आँट गर्दैन भने त झन महाउत्तम । त्यो जस्तो ठुलो पर्मानपत्र अरु के हुन्छ र, त्यो त झन राजनीतिमा पी.एच.डी अर्या भन्दानी ठुलो सर्टिफिकेट भनेर आधुनिक नेतागीरिले प्रमाणित
गरेको जिनिस हो हजुर,
तर,
म चैँ माथिको कुनै पनि दफामा योग्य नभा भेर राजनीति भन्दा १ तह मुनिको पत्रकार बनुकी भनेर गम
खादैछु । फेरी आजकल पत्रकारिता गर्ननी सजिलो छ क्यार । पहिले पो पत्रकार भनेको त स्वतन्त्र पेशा भन्थे तर छिमेकी भैया देखि युरो, पाउण्ड डलर महाराजहरुको असिम निगाह बक्स भर छयालीस साला बहुदल आयेसी त काँग्रेसको पत्रकार, कम्निस्टको पत्रकार भनेर भाग लाग्याछ्न । अझ छिमेकी भैया डबल खुस भ र राजा फालेर गणतन्त्र हुल्देपछी ता मेरी बास्सै पत्रकार पनि गमला रोप्या मनिप्लान्ट देखि मल खाल्डाका मुला जस्तरी सप्रेर विभिन्न नाम र रुपमा आकाछन गाँठे । हिजो आज नेपाल कोहि अखवार डाम्छ्न, कोहि
रेडिया फुक्छन, कोहि कोहि त अन्वार मात्र देखाउनलाई भए पनि टि.भीमा छायाँ देखिने अर्छन । अझ काँग्रेसी भू.पु दाम मन्त्री डाक्टर महतले उनका पालाको बजेट भासना नेट र इन्टरनेट सप्पैलाइ के भन्दथे सुरुभो बिजुली पत्रिका । कति सजिलो छ हाव त्यो नाथे डिजिटल पत्रिका भन्ने जिनिस । अर्का सामाग्री सुटुक्क ‘सक्कल बमोजिम नक्कल’ अरेर ल्यायो अनि १ पटक दायांहातको अम्लोले मौस भन्ने जिनिसा पिटिक्क पार्दे पुग्ने ।
कि इण्डिया कि आईडिया भनेर भन्छन त्यै भ र हो म नी बिजुली भित्ताको बिजुली पत्रकार बन्ने सुर कस्दैछु । ‘हाम्रो पत्रिका त विना विज्ञापनको निस्पक्ष हो । कोहि कसै प्रति रिस राग छैन, जे देख्यो त्यहि डाम्छम । जनतालाई सहि सुचना दिने काम अर्चम, त्यहिनै हाम्रो धर्महो¤ आदि आदि भनेर सुरुसुरा हावा गफ ठोक्देसी कुन मईकालालले नपत्याउने ¤बिजुली पत्रिका चलाउन नि सजिलो छ । सुरुसुरुमा ठुलठुला नाम चलेका पत्रिका काम अरेका तर बेरोजगार भएर बसेका केहि कलमेहरु सँग दोस्ती अर्यो । तिनका सामाग्री ड्यामकि ड्याम छाप्यो । स्म्याकको नसा जस्तरी कत्तिको चढ्यो भनेर आंकलन अननि सजिलो । अनलैना को कतिले पाउ कस्ट अर्यो भनेर Çयाट Çयाट देखाई दिहाल्छ के को ट्यास ट्यास । जब पत्रिका सोर बर्षे तरुनी जस्तैरी लाली चढ्दै बैंसले मात्तिदै जान्छ अनि लोहा गरम है, हथौडा मार्नेकी देरी है भन्ने भैया स्टाइला पढ्ने पाठकेलाइ पत्रिका कसरि चलाउने ? के गर्दा राम्रो हुन्छ सल्लाह र सुझाव पाम्न हजुर भनेर नौनी भाखा यसो सोधखोज अर्या जस्तरी चेपारे घस्यो । गोडा दुइ चार दिन पछी श्रीगणेशाय नमः लेख्ने ठाउँमा ‘यो ठाउँ बिज्ञापनको लागी खालि छ’ भनेर औरेजीयाँ ट्याक्क पार्देसी आइ.एन.जी.ओ र एन.जी.ओ का युरो, पौण्ड, डल्लर, वान, रेम्बिकी, र आइसी असिना बर्स्या जस्तरी बिज्ञापनको नाम्मा असिना सरि बर्सेन भन्ने थुक्क भन्नु होला ।
अनलाइने पत्रकार बन्नलाइ लगानीचैँ अलि महँगो छ हजुर । कोहि मनकारिले दानखैराता दिए त ठिकै हो नत्र १ थान ल्यापटप भन्ने माउ जिनिस, अनि त्यसलाइ खाजा खुराकी इन्टरनेट भन्ने अर्को जिनिस, गोजा दरो छ भने केमेरा नभए सामसुंगे मुबैलले नि काम चल्छ । त्यति गरेसी पत्रकारे हल्दारी बिल्ला भिर्न पाइने । बिदेस्साट फर्क्याभे ब्यको के दुख भो र हैन भने देखाम्नकै लागि भे पनि घर पछाडीको तिउन खाने करेसाबारी सके बन्दकी नसके बेचेर भएनी एउटा गतिलो पल्सर भन्ने भटभटे किन्ने । अहिलेको नयाँ नेपाली पत्रकार बन्नलाई यत्ति हो चाहिने जिनिस । नेपाल बन्द आयो भने जनताको आँखाट नयन बर्षा हुन्छ तर त्यो दिन चैँ पत्रकारहरको वडा दसैँरे । ठुलठुला बन्द, हडर््ताल, चक्काजाम, यस्तोमा झन कसले छुने । पत्रकार भनेसी नेता, व्यापारी, तस्करी देखि पुलिस समेत थर्रर हुने भएकोले यो जस्तो नाम, दामको आच्छा पेशा अरु कुनै हुन सक्दैन त्यसैले म जस्तो अल्छिको भकारीले आजैटा पत्रकार हुने सुर गरे । मै जस्तो अल्छिको भकारी तपाइँहरु पनि हो भने मै जस्तैरी अन लाइने पत्रकार बन्नलाई चुले निम्तो छ है । पछी किन खबर गरिनस ये डाम्ना भने नभन्नु होला ।
जस्तो देख्यो त्यस्तै डाम्ने गर्याछु । नभाको कुरा डामेको छैन क्यार । देख्या भे र नै यो कल्मे पुराण भाका हालेर डाम्देको हुम । मुन्छे मार्दा नि कानून नलाग्ने यो गनगनतन्त्रमा कोहि कसैलाई मार्का पर्न गएछ भनेनि रोटि र बेटीको देशको मुम्बैया भाकामा बालै फरर्र ।
मिति २०७३ साउन ५ गते बुघबार प्रकाशित

