Header Ads


हेटौँडामा भेटियो गैँडा

हेटौँडा, १३ साउन/हेटौँडामा बिहीबार दिउँसो एक्कासी गैँडा भेटियो । तर त्यो गैँडा जनावर नभई हाँस्य व्यंग्य टेलिसिरियल तितोसत्यसहितका अन्य कयौँ चलचित्रमा आफ्नो सशक्त भूमिका प्रश्तुत गरिसकेका कलाकार निर्मल शर्मा ‘गैडा’ हुन् ।
आगामी भदौ १७ गतेबाट नेपालका ७५ वटा भन्दा बढी हलबाट एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ब्रासलेटको प्रचारप्रसारका निम्ति निर्देशक गैँडा तथा निर्माता केशव भट्टराई हेटौँडा आइपुगेका हुन् । बिहीबार पत्रकारहरुसँग कुरा गर्दै निर्देशक शर्माले भदौ महिना महिला दिदीबहिनीहरुको महान पर्व हरितालिका तीज भएकोले रंगीन माहोललाई थप उर्जा थप्त देशभरका सिनेमाघरहरुमा नेपाली चलचित्र ब्रासलेट प्रदर्शन हुन लागेको बताए । महिलाहरुको पर्वमा महिलाहरुकै कथा समावेश गरिएको ब्रासलेट चलचित्रमा ड्रामा, फन्नी र एक्सनसंगै थ्री लभ स्टोरी समेटिएको शर्माको भनाई छ । चलचित्रलाई कलाकार दीपक दीपा टिमअपका सहपाठी शर्माले निर्देशन गरेका हुन् । शर्माले पहिलो पटक निर्देशन गरेको चलचित्र चकलेट सामाजिक सेवा उद्देश्य अनुरुप अनाथ बालबालिका र सडक बालबालिकाको पढ्ने र बस्ने बासस्थानको लागि निर्माण गरिएको थियो । चलचित्रलाई अनुभवी निर्माताका रुपमा परिचत कलाकार एवम् निर्माता केशव भटराईले निर्माण गरेका हुन् । भट्टराईले आफनो मान्छे, देवरबाबु, कर्मयोद्वा, छोडि गए पाप लाग्ला जस्ता सफल चलचित्रहरु निर्माण गरिसकेका छन् । करिब ५० लाखको लगानीमा निर्माण भएको चलचित्रमा सात वर्षपछि रमेश उप्रेती चलचित्र क्षेत्रमा ‘कमब्याक’ भएको निर्माता भट्टराईले बताए । उनी चलचित्र ब्रासलेट मार्फत अभिनयमा ‘कमब्याक’ भएको भट्टराईले बताए । चलचित्रमा नायक उप्रेतीसंगै रजनी केसी, नम्रता सापकोटा, ऋतिक शाही, सुगम शर्मा, राजु बजाज, विनोद भट्टराई, सुनिताठाकुर लगायतका कलाकारको अभिनय रहेको छ । ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, गोविन्द राई र कविराज गहतराजको नृत्य निर्देशन रहेको चलचित्र एउटा पारिवारिक चलचित्र भएको उनीहरुको भनाई छ ।
Powered by Blogger.