Header Ads


तपाईले आज सम्म देउता देख्नु भएको छ ?

सामाजिक संजाल फेसबुकमा समय समयमा जाति, धर्म देखि पहिचान र संघियताको विषयमा निकै लामो बहस हुन्छ । बहसको दौरानमा सबैले आ–आÇनो तथ्यपरक भनाईहरु प्रस्तुत पनि गर्दछन । सामाजिक संजाल फेसबुक अहिले विद्यार्थीहरुको स्कुले वादविवाद गर्ने थलो जस्तो भएका छन तर फरक के छ भने स्कुलमा हुने वादविवादमा अस्लिल शब्द प्रयोग गर्न पाईदैन भने फेसबुकको भित्तामाहुने वादविवादमा अस्लिल फोहर शब्द प्रयोग देखि ज्युन ज्यान मार्ने सम्मको धम्की समेत दिन लिन पाईन्छ ।
आजको युग भनेको विज्ञानको युग हो । बैज्ञानिकहरुले धर्मकर्म गर्छन कि गर्दैनन थाहा भएन । विज्ञानले धर्म मान्दैन पनि भन्छन तर बिज्ञानकै एउटा पाटो चिकित्साक्षेत्रमा चिकित्सकहरुलाई रोगीले भगवानको एउटा रुप ठान्छन भने चिकित्सकहरुले आफुले सकेनन नसके पछी भगवानकै हातमा छ भनेर भन्ने गर्छन । अब भन्नुस ईस्वर छ कि छैन ? छ भने कहाँ छ ?
मैले आज सम्म देवी देउता प्रत्यक्ष देखेको छैन । नदेखेपछि भेटने देखि दोहोरो सम्वाद गर्ने कुरै भएन । मनुष्यको जात भनेको असन्तोषी, लोभी र पापी जात हो भनेर भन्छन । लोभी पापी नभएको भए आÇनो फाईदाकोलागी घटिया हर्कत देखि काम कार्यहरु किन गर्थे । यस्ता घटिया कामकार्यलाई धर्मिक भाषामा ‘पाप’ भनिन्छ । जानाजानी पाप गर्छन अनि पछी पश्चातापको लागि हे इश्वर भन्दै देवी देउतालाई खुशी पार्न पछी हट्दैनन । नस्तिके भाषामा यस्तोलाई देवी देउतालाई घुष ख्वाको पनि भन्लान । म विशुद्ध हिन्दुकुलमा जन्मेको नेपाली नागरिक । जसरि मैले आजसम्म देवी देउता देखेको छैन त्यस्तै गरि इस्लाम धर्म मान्नेहरुले ‘अल्लाह’ पुकारिने पैगम्बर मुहम्मद, बौद्ध धर्मालम्बीहरुले भगवान बुद्ध, ईसाई धर्म मान्नेहरुले येसु मसिह देखि जो जसले जे जुन धर्म अपनाएका छन तिनिहरु कसैले पनि आज सम्म साक्षात देवी देउता देखि ईश्वरको प्रत्यक्ष दर्शन गरेका छैनन तर पनि मान्छन किन ?
धर्म भनेको आस्था र विश्वासको केन्द्र हो । धर्मले अनुशासनमा बाध्न सिकाउछ । धर्मले समाजलाई एकै सुत्रमा बाँधेर राखेको हुन्छ । समाज भनेको ज्यूँदाको जन्ती र मर्दाको मलामी हो । जब समाजमा धर्मको खोट देखाएर विभिन्न विचारधारामा बाडिन्छन त्यस पछी त्यो समाजमा बस्नेहरु सुखी भएर बस्न सक्दैन । देखिएको धुर्व सत्य यहि नै हो ।
ईसाई धर्म अहिले संसारभर नै बिषवृक्षको रुपमा फैलिंदै गएको छ । केहि समय अगाडि विदेशमा एकजना ईसाई धर्मगुरुले आÇना अनुयाहीहरुलाई चौरमा लगेर ‘प्रभुको आदेस भन्दै घाँस पनि खुवाए’ । चर्चहरुमा हुने गरेको अप्राकृतिक यौनका घटनाहरुमा चर्चकै पादरिहरुको संलग्नता समेत देखिने गरेको छ । आÇना पुर्खाको पाला देखि मान्दै आएको ईसाई धर्ममा ईसाई धर्मगुरुहरुको गलत आदेस तथा निर्देशन देखि अपाच्य हर्कतले गर्दा वाक्कब्याक्क भएर धेरै ईसाईहरु अन्य धर्ममा लागेका छन कतिपय त धर्म देखिनै निरास भएर नास्तिक समेत भएका छन । मैले आज सम्म कुरान पढेको छैन । भाषाको समस्याले गर्दा पढ्न नसकेको हु तर मैले बाईबल भने पढेको छु । बाईबल अध्ययन गर्दामै मेरो धर्म पक्कै पनि नास भएको छैन होला । म कट्टरपन्थी विचारधारा मान्नेमा पर्दिन भने जातपात छुवाछुतको त झन घोरविरोधि पनि हुँ ।
बाइबलमा ‘मन्दिर र पुजारी’ भन्ने शब्द केहि ठाउँमा उल्लेख भएको छ भने बाईबल लेख्नु भन्दा पहिलानै हिन्दु धर्मको स्थापना भएको रैछ । भनेर बुझ्ने कि नबुझ्ने ? बाईबलको पाना पल्टाउदै जाँदा परम प्रभु यसुले ‘तिमीहरु मेरो पछी लाग, म तिमीहरुलाई भेडा बनाउछु’ भनेर उल्लेख भएको छ । भगवान बुद्धले आÇना चेला देखि अनुयायीहरुलाई पक्कै पनि त्यस्तो भन्नु भएको छैन । हिन्दु शास्त्रमा पनि त्यस्तो लेखिएको छैन । अरु धर्म शास्त्रमा पनि त्यस्तो शब्द लेखिएको छैन होला । बाईबलमा लेखिय अनुसार आÇना अनुयायीलाई भेडा बनाउछु भन्ने त्यो कस्तो धर्म हो ?
नेपालमा हाल केहि बर्ष महिना देखि ईसाई धर्ममा लागेका नया अनुयायीहरुले आÇनो पुर्खाको पाला देखि चल्दै आएको धर्मको घोर अपमान देखि बेईज्जत गर्दै अस्लिल शब्द समेत प्रयोग गर्ने गरेको देखिन्छ । ‘सैतान’ भन्ने त्यसै शब्द्को एउटा अंश हो । हिन्दु देउतामा सबै भन्दा शिर्ष स्थानमा रहेको संहारकर्ता भोलेनाथलाई गाँजा भांग खाने गंजडी भनेर खुल्लमखुल्ला भन्दै हिनेको समेत देख्छु ।
नयाँ धर्ममा त लागे तर त्यो धर्मको पुस्तक भित्र के के लेखिएको छ भन्ने हेक्काचै किन राखेनन ? बाइबलमा प्रभु येसुले ‘निस्तार’ चाडको लागी पर्याप्त मात्रामा ‘दाखमद्ध देखि अन्य खानेकुराहरु तयार पार्नु’ भन्ने आदेस लेखिएको छ । ‘दाख’ भनेको संस्कृत शब्द हो र त्यसको नेपालीमा अर्थ ‘अंगुर’ हुन्छ भने ‘मद्ध’ भनेको मादक द्रब्य अर्थात ‘रक्सि’ भनेर बुझिन्छ । हिन्दुका देव शिवजीलाई गंजडी भनेर खिसिट्युरी गर्ने नव ईसाईहरुलाई अन्य धर्मकाहरुले तेरो प्रभु त जड्याहा रैछ भन्दा चित्त दुख्छ कि दुख्दैन ?
हामी हिन्दुहरुले मान्ने गरेको विभिन्न धर्मग्रन्थहरुमा प्राणी मात्रको रक्षा गर । पापकर्म गर्नु हुन्न । झुठो बोल्नु हुन्न र सधै सत्यको बाटोमा लाग्नु पर्छ । आफु भन्दा ठुलाका आदर गर्नु पर्छ भनेर उल्लेख गरेको छ । अन्य धर्ममा के कस्ता लेखेको छन त्यो सम्बन्धित धर्मका ज्ञाताहरुले बताउलान तर नेपालको नवइसाईहरुले बाईबल पुनः अध्ययन गरेर आÇना पुर्खाले मानेका धर्म र अहिले मानेको धर्ममा के फरक रैछ त्यो खुट्याउने प्रयास भने पक्कै पनि गरुन ।
(२०७३ साउन १२ गते प्रकाशित लेख)
Powered by Blogger.