Header Ads


मोडलिङमा भविष्य खोज्दै मकवानपुरे अधिकारी

हेटौँडा, ११ साउन/मकवानपुरको मनहरी–८ रजैयामा जन्मिएका शिव दाई अधिकरी कुशल कलाकार बन्ने उद्देश्यका साथ राजधानी काठमाण्डौँमा संघर्षरत रहेका छन् । 
नेपालका चर्चित गायक शिव परियारको ‘छाडी गयौ दोबाटोमा’ बोलको गीतमा अभिनय गर्दै मोडलिङ क्षेत्रमा प्रवेश गरेका अधिकारीले करिब आधा दर्जन म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् भने केही छोटा चलचित्रमा पनि अभिनय गरिसकेका छन् । अभिनयमा सानैदेखि रुचि राखेका अधिकारी अभिनय क्षेत्रमा नै आफ्नो भविष्य खोजिरहेका छन् । 
शाहिल खड्काले निर्माण गरेको चेतनामुलक छोटो चलचित्रमा अभिनय गरेपश्चात आफ्नो थप प्रशंसक बढेको उनी बताउँछन् । ‘अभिनय यात्रालाई निरन्तरता दिने योजना रहेको छ’, अधिकारीले कुराकानीका क्रममा भने, ‘म्यूजिक भिडियो र साना÷छोटो चलचित्रमा अनुभव संगालिसकेको छु । अब विस्तारै ठूलो पर्दामा देखिने रहर जाग्न थालेको छ ।’ राम्रो भूमिकाको लागि ठूलो चलचित्रबाट अवसर आएपछि नहट्ने अधिकारीको भनाई छ ।
Powered by Blogger.