Header Ads


पुनर्संरचना सबैले अपनत्व गर्ने हुनुपर्ने

हेटौँडा, ११ साउन÷पूर्व जनप्रतिनिधीहरुले स्थानीय सरकार पुनर्संरचनाको क्रममा जनसङ्ख्या र भुगोलको आधारमा पुर्नसंरचना गर्नुपर्ने सुझाव दिएका छन् । 
जिल्ला विकास समिति मकवानपुरले पुर्नसंरचना सम्बन्धि पूर्व जनप्रतिनिधीहरुसंग गरेको छलफल तथा सुझाव संकलनको क्रममा पुनर्संरचनासंगै सबैले नजिकबाट सेवा पाउनुपर्ने र संरचना निर्माणको क्रममा जनसङ्ख्या, भुगोल, विकटतालगायतका बिषयलाई आधार मान्नुपर्ने सुझाव दिएका हुन् । 
जिल्ला विकास समिति मकवानपुरका योजना तथा अनुगमन अधिकृत किसन न्यौपानेले एउटा उपमहानगरपालिका, एउटा नगरपालिका र सातवटा गाउँपालिका सहितको मकवानपुर जिल्लाको स्थानीय संरचनाको नक्सा प्रस्ताव गरिएको बिषयमा जानकारी गराएका थिए । गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण (राज्य पुनर्संरचना) आयोगअन्तर्गत् स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति मकवानपुरले जिल्लाको प्रारम्भिक नक्सा प्रस्ताव गरेको बिषयमा उनले जानकारी गराएका हुन् । जिविसका पूर्व सभापति रामेश्वर राना, पूर्व सभाषद् प्रल्हाद लामिछाने, पूर्व सांसद् कृष्णप्रसाद दाहाल, पूर्व गाविस अध्यक्षहरु, नगर एवम् वडाध्यक्षलगायतले सबैले सहजता महसुस गर्ने गरी पुनर्संरचना गरिनुपर्ने सुझाव दिएका हुन् । 
साउन ५ गतेदेखि जिल्लाको पुनर्संरचना थालेको प्राविधिक समितिले हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका तथा बाग्मती, बकैया ठाकुर, भीमफेदी, राप्ती, रानिवाङ, बैकुण्ठ कैलाश र कुलेखानी गाउँपालिका प्रस्ताव गरेको छ । हेटौंडा उपमहानगरपालिकामा साविक उपमहानगरपालिका र मकवानपुरगढी, थाहा नगरपालिकामा साविक थाहानगरसहित टिष्टुङ, चित्लाङ र नामटारको १ र ३ नं. वडा,  बाग्मती गाउँपालिकामा राईगाउँ, फापरबारी, बेतिनी र धियाँलको वडा नं.१, २, ६ नम्बर वडा प्रस्ताव 
गरिएको छ । त्यस्तै बकैया ठाकुर गाउँपालिकामा ठिंगन, मन्थली, शिखरपुर, छतिवन र धियाँलको वडा नं. ३,४,५,७,८ र ९  नम्बर वडा, भीमफेदी गाउँपालिकामा सुकौरा, आमभञ्ज्याङ, बुढीचौर, भैंसे, निबुवाटार र भीमफेदी, राप्ती गाउँपालिकामा मनहरी र हाँडीखोला, रानिवाङ गाउँपालिकामा सरिखेत, राक्सिराङ, काँकडा, खैराङ र भार्ता,  बैकुण्ठ कैलाश गाउँपालिकामा कालिकाटार, गोगने, डाँडाखर्क, आग्रा र नामटारको वडा नं. २,४,५,६,७,८ र ९  तथा कुलेखानी गाउँपालिकामा फाखेल, कुलेखानी, सिस्नेरी, कोगटे र ईपापञ्चकन्या गाविस समेट्ने प्रस्ताव गरिएको छ । 
छलफल कार्यक्रम जिविसका योजना तथा अनुगमन अधिकृत किसन न्यौपानेको अध्यक्षतामा भएको 
हो ।
Powered by Blogger.