Header Ads


लेखापरिक्षण तथा करप्रणाली अन्तरक्रिया

हेटौँडा, १४ साउन/जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरको आयोजनामा सहकारी लेखापरिक्षण तथा कर प्रणाली विशेषक एकदिने अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
संघका अध्यक्ष बासुदेव अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो । 
कार्यक्रममा नेपाल लेखा मान अनुसार लेखा राख्ने प्रविधि लगायतको विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना  गरीएको थियो ।  कार्यक्रममा लेखा परिक्षण तथा कर प्रणालीको बारेमा अडिटर एशोसियसन मकवानपुरका अध्यक्ष  प्रकाश ढकालले सहजिकरण गरेका थिए भने सहकारीको ऐनको बारेमा डिभिजन 
सहकारी कार्यालय मकवानपुरका सहकारी निरिक्षक अस्वीनकुमार अर्यालले सहजीकरण गरेका थिए ।  
कार्यक्रममा स्वागत मन्तव्य सञ्चालक सदस्य इन्द्रबहादुर बस्नेतले व्यक्त गरेका थिए । कार्यक्रममा जिल्लामा क्रियाशिल ३७ वटा दुग्ध सहकारी संस्थाका व्यवस्थापकहरुको सहभागिता रहेको थियो ।
Powered by Blogger.