मामाघरलाई ११ हजार सहयोग
हेटौँडा, १४ साउन/प्रगति बचत तथा ऋण सहकारी संस्थाको ११ औँ स्थापना दिवसको अवसरमा मामाघर नेपाललाई नगद ११ हजार १ सय ११ रुपियाँ सहयोग गरेका छन् ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरी सहकारीका उपाध्यक्ष एकलाल श्रेष्ठले मामाघर नेपालका देवराज लामिछानेलाई नगद सहयोग गरेका थिए । संस्थाको उपाध्यक्ष श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष तथा जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा डिभिजन सहकारी कार्यालय मकवानपुरका विष्णु अर्याल, सहकारीका निर्वतमान अध्यक्ष रघुनाथ खुलाल लगायतको आतिथ्यता
रहेको थियो । कार्यक्रममा जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका व्यवस्थापक कुमारमणी दाहालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

