पुस्तक खरिद् गर्न २९ विद्यालयलाई २१ लाख ६५ हजार
हेटौँडा, १४ साउन/जिल्ला शिक्षा कार्यालय मकवानपुरले जिल्लाका २९ उच्च माविको लागि २१ लाख ६५ हजार रुपैँया निकासा गरेको छ ।
आर्थिक बर्ष २०७२÷०७३ को लागि जिल्लामा उच्च माविहरुमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुको लागि पाठ्यपुस्तक शिर्षक अन्तर्गत शिक्षा कार्यालयले २१ लाख ६५ हजार रुपैँया निकासा गरेको हो । उच्च माविलाई निकासा भएको रकमले कक्षा ११ र १२ का विद्यार्थीको लागि आवश्यक पर्ने पुस्तक खरिद् गरी पुस्तकालय मार्फत विद्यार्थीलाई अध्ययन गर्ने व्यवस्था मिलाउनुपर्ने हुन्छ । शिक्षा कार्यालयका अनुसार सबैभन्दा बढि रकम मनहरी सिम्पानीमा रहेको महेन्द्रकिरण उच्च माविले एकलाख ९४ हजार रुपैँया प्राप्त गरेको छ भने सबैभन्दा कम महेन्द्रकिरण उच्च मावि लेवटले ३० हजार रुपैँया प्राप्त गरेको छ ।
महेन्द्र उच्च मावि छतिवनले ८१ हजार, बुद्व उच्च मावि हात्तिसुँढेले ३० हजार, महेन्द्र उच्च मावि पदमपखोरीले ९४ हजार, कालिका उच्च मावि नामटारले ३१ हजार र राष्टिूय रोटरी मावि मनहरीले ५५ हजार रुपैँया प्राप्त गरेको छ । त्यस्तै चण्डिका उच्च मावि शिखरकटेरीले ३५ हजार, भानु उच्च मावि मक्रान्चुलीले ३५ हजार, ज्योति उच्च मावि हर्नामाडीले ७५ हजार, त्रिभुवन नमुना उच्च मावि नवलपुरले ३७ हजार, सिद्धार्थ उच्च मावि हेटौँडाले एकलाख ४४ हजार, प्रगति उच्च मावि पशुपतिनगरले ७७ हजार, चन्द्रोदय उच्च मावि कमानेले ४० हजार र भुटनदेवी उच्च मावि हेटौँडाले ६३ हजार रुपैँया सहयोग प्राप्त गरेको शिक्षा कार्यालयले दिएको जानकारीमा उल्लेख छ ।
यस्तै वंशगोपाल उच्च मावि चौघडाले एकलाख १३ हजार, आधुनिक राष्टिूय उच्च माविले ९३ हजार, जनप्रिय उच्च मावि हटिया चिसापानीले एकलाख २९ हजार, बालबोध उच्च मावि हटियाले ५१ हजार, महेन्द्रज्योति उच्च मावि हाँडीखोलाले ३४ हजार, जनता उच्च माविले ४१ हजार, महाचुनी उच्च माविले २४ हजार, जनकल्याण उच्च माविले एकलाख ९१ हजार, जनज्योति उच्च मावि मयुरधापले ३४ हजार, स्वच्छन्द भैरव उच्च माविले ३७ हजार, भीमफेदीको महेन्द्र उच्च माविले ३३ हजार, निर्मल उच्च मावि बस्तीपुरले एकलाख एकलाख ५९ हजार, बज्रबाराही उच्च माविले एकलाख २१ हजार र शारदा उच्च मावि आमभञ्ज्याङले ७५ हजार रुपैँया प्राप्त गरेको छ ।
शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यका अनुसार रकम पाएका विद्यालयले छात्रा र दलित बिद्यार्थीलाई पुग्ने गरी पाठ्यपुस्तक खरिद् गर्नुपर्ने हुन्छ । दलित र छात्राको सङ्ख्याको आधारमा जिल्लामा रहेका सामुदायिक उच्च माविहरुलाई रकम सहयोग गरिएको उनको भनाई छ ।
क्षमता अभिबृद्धि तर्फ ४ बिद्यालयलाई ७६ लाख ४० हजार
हेटौँडा÷मकवानुरका ४ वटा उच्च माविले सामुदायिक विद्यालय क्षमता अभिबृद्धि कार्यक्रम अन्तर्गत ७६ लाख ४० हजार रुपैँया सहयोग अनुदान पाउने भएका छन् ।
आर्थिक बर्ष २०७२÷०७३ का लागि हटियामा रहेको जनप्रिय उच्च माविले बालि विज्ञान अध्यापनको लागि १६ लाख, महेन्द्र उच्च मावि छतिवनले ईलेक्ट्रिक इञ्जिनियरिङ अध्यापनको लागि १४ लाख ४० हजार रुपैँया सहयोग अनुदान पाउने भएका हुन् । यस्तै जनकल्याण उच्च मावि पालुङले बालि विज्ञान अध्यापनको लागि १६ लाख र सुन्दरीदेवी मावि आग्राले सिविल ईञ्जिनियरिङ अध्यापनको लागि ३० लाख रुपैँया सहयोग अनुदान पाउने जिल्ला शिक्षा कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
सामुदायिक विद्यालय क्षमता अभिबृद्धि कार्यक्रम अन्तर्गत उच्च माध्यामिक÷माध्यामिक तहमा प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालनको निम्ति सामग्री सहयोग अनुदान स्वरुप उक्त रकम निकासा भएको जानकारी दिँदै शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यले अनुदान पाएका उच्च माविहरुले सार्वजनिक खरिद् नियमावली २०६४ अनुसार उक्त रकम खर्च गर्नुपर्ने जानकारी दिए । चारवटै बिद्यालय यस बर्षदेखि प्राविधिक शिक्षा अध्यापनको निम्ति अनुमति पाएका विद्यालय हुन् ।
‘चारै विद्यालयले यस बर्षदेखि प्राविधिक तर्फको अनुमति पाएर कक्षा ९ सञ्चालन सुरुवात गरिरहेका छन्’, शिक्षा अधिकारी आचार्यले भने, ‘विद्यालयले दिने प्राविधिक शिक्षा अन्तर्गतका आवश्यक सामग्री खरिद्का लागि दिइएको रकम भएका कारण विद्यालयले सोही कार्यको लागि रकम खर्च गर्नुपर्ने हुन्छ ।’

