Header Ads


तरुण दल हेटौंडा १ मा श्रेष्ठको नेतृत्व

हेटौँडा, १० साउन/नेपाली काँग्रेसको युवा दस्ता नेपाल तरुण दल हेटौंडा वडा नम्बर–१ को सभापतिमा पुन ः विकेशलाल श्रेष्ठ चयन भएका छन् ।
सोमबार नेपाली काँग्रेस पार्टी वडा इकाई समिति सभापति हरिकृष्ण महर्जनको प्रमुख आतिथ्यतामा भएको भेलाले सात सदस्यीय समिति गठन गरेको हो । कमिटीको उपाध्यक्ष दिनेश लामा, सचिव एदिस रिजाल, कोषाध्यक्ष मनिषमान श्रेष्ठ तथा सदस्यहरुमा बिजय पौडेल, मिलन लामा र शान्ति लामा चयन भएका
छन् ।
भेलामा बोल्दै नेपाल तरुण दल मकवानपुर अध्यक्ष इश्वर पाठकले तरुण आफ्नो घरमा नभई जनताको घरमा सुत्नुपर्ने बताए । तरुणले झगडा गर्ने नभई जनताको पीडामा मल्हम लगाउन लाग्नुपर्ने उनको सुझाव थियो । तरुण वडा अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा तरुण दल नगर सभापति सुनिल गिरी, प्रेस युनियन मकवानपुर उपाध्यक्ष सविन न्यौपाने, तरुण दल महाधिवेशन प्रतिनिधी उर्मिला पाठक उप्रेतीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
Powered by Blogger.