चौघडा चुच्चेखोलाका पसल विना दर्ता सञ्चालनमा
हेटौँडा, २९ असार/हेटौँडा–६ चौघडा तथा चुच्चेखोला क्षेत्रका किराना पसल, खुद्रा पसल तथा खुवा पसलहरु बिना दर्ता सञ्चालनमा रहेको पाइएको
छ ।
छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको अगुवाई एवम् क्षत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयको समन्वयमा भएको बजार अनुगमनको क्रममा चौघडा तथा चुच्चेखोलाका प्राय पसलहरु बिना दर्ता सञ्चालनमा रहेको पाइएको हो । यस्तै केही पसलमा बिक्रीवितरणको लागि राखिएका कोक, फ्यान्टा, डिउ, स्प्राइडजस्ता पेय पदार्थको म्याद सकिएको फेला पारेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पुष्कर भट्टराईले जानकारी दिए ।
‘म्याद सकिएको अवस्थाको पेय पदार्थलाई नियन्त्रणमा लिएर त्यहिँ नष्ट ग¥यौँ’, भट्टराईले भने, ‘विना दर्ता सञ्चालन रेहका पसललाई दर्ताको विधि र दर्ता गर्नुपर्ने कारणका बिषयमा जानकारी दिएका छौँ ।’ यस्तै दुईवटा चिया पसलबाट झापामा बनेको बिहानी चिया समेत जफत गरिएको छ । बिहानी चियाको उत्पादन मिति भएपनि म्याद समाप्ति मिति भने नभएको पाइएको छ ।
‘बिहानी कम्पनीको चियापत्ति नियन्त्रणमा लिएका छौँ । यस बिषयमा कम्पनीलाई खबर गर्ने छौँ’, जिल्ला प्रशासन कार्यालय मकवानपुरका नायब सुब्बा मदन श्रेष्ठले भने, ‘यी बाहेक खासै सामान जफत गर्नुपर्ने अवस्था रहेन ।’ अनुगमन टोलीले २२ वटा पसल अनुगमन गरेको थियो । चुच्चेखोलामा रहेको दुईवटा खुवा पसल मात्र दर्ता भई सञ्चालनमा रहेको पाइएको छ । अनुगमनमा जिल्ला प्रशासन कार्यालयका श्रेष्ठ र घरेलुका भट्टराईसहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक दिनेश ढुङ्गाना, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने र उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, उपभोक्तावादी संस्थाका प्रतिनिधीहरु केशव श्रेष्ठ, नन्दरत्न स्थापित र कृष्ण अर्याल लगायतको उपस्थिती
रहेको थियो ।

