सम्बन्धको गाँठो जोडियो
काठमाडौँ, १५ साउन/नेपाली कथानक चलचित्र गाँठोले जगदम्बा मोर्टस सँग सम्बन्ध गाँस्दै शनिबार बाइक ¥याली निकालेको छ।
गाँठो र टिभिएसको सम्वन्धको गाँठो नाम दिईएको ¥यालीमा काठमाण्डौंको नक्सालबाट सुरु भई महाराजगञ्ज, गौशाला, तिनकुने, कोटेश्वर, बालकुमारी, सातदोबाटो, कुमारीपाटी, जावलाखेल, नख्खु, कंलकी, टेकु, दरवारमार्ग हुदै, नक्साल गएर टुगिंएको थियो ।
¥यालीमा करिव ५५ बाईकमा सय जना मानिसको सहभागिता रहेको थियो । नेपाली कथानक चलचित्र बटवाल इन्टरटेन्मेन्टको ब्यानरमा चलचित्र गाँठो बनेको हो। ¥याली पश्चात भएको कार्यक्रमा बोल्दै चलचित्रका निर्देशक सुरज भुषालले कर्पोरेट क्षेत्रको सहयोगले नेपाली चलचित्रलाई प्रचार प्रसारका निम्ति नेपाली सिनेमा उद्योगको विकासका लागी ठूलो योगदान पु¥याउने बताए । साथै जगदम्वा मोर्टसका मार्केटिग प्रमुख विक्रम पौडेलले नेपाली सिनेमाका निम्ति सहयोग गर्न पाउदाँ हर्षित भएको र आगामी दिनहरुमा सहकार्य गरी अघि बढ्न सकीने बताए।
नेपालको बजारमा जगदम्बा मोटर्रस उत्कृट प्रफमेन्स र माइलेज भएको बाइक अपाचे आरटिआर चल्तीको बाईक रहेको कम्पनीले जनाएको छ । नेपाली बजार वीगो र जुपिटर पनि चल्तीका स्कुटर हुन् ।

