Header Ads


हाँडीखोला र बसामाडीमा बालविवाह सम्बन्धि जानकारी

हेटौँडा, ११ साउन÷मकवानपुरको हाँडीखोला र बसामाडीका महिलाहरुलाई बाल विवाह र यसले समाजमा पार्ने असरका बिषयमा जानकारी दिइएको छ ।
मङ्गलबार एक कार्यक्रमकाबीच दुबै स्थानका महिलाहरुलाई बाल विवाहको सम्बन्धमा जानकारी दिँदै बाल विवाह नगर्न र नगराउन प्रेरित गर्ने उद्देश्यका साथ मकवानपुर महिला समूहले कार्यक्रमको आयोजना गरेको हो । हाँडीखोलामा सञ्चालित कार्यक्रममा सेफ सेन्टर इञ्चार्ज सुनिता लुईंटेल र बसामाडीमा मञ्जु लामाले सहजीकरण गरेका थिए । कार्यक्रममा बाल विवाह भनेको के हो ? बाल विवाह गर्दा हुने असर, कानुनी प्रावधान एवम् बाल विवाह बिरुद्धको अभियानमा बालबालिका र अभिभावकको भूमिका जस्ता विषयमा जानकारी गराइएको थियो । कार्यक्रममासहभागी महिलाहरुले बालबालिकालाई जबर्जस्त भन्दापनि आफू खुसी बाल विवाह गर्ने क्रम बढेको भन्दै समस्या देखाएका थिए । 
कार्यक्रमका सहजकर्ताले बालविवाह नियन्त्रण गर्न अभिभावकले आफ्ना बालबालिकालाई राम्रो निगरानी र असल शिक्षा दिनुपर्ने बताएका थिए । एक्सन एड् नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित समुदायको अगुवाईमा सामुदायिक पुर्ननिर्माण परियोजना अन्तर्गत कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा मकवानपुर महिला समूहका उपाध्यक्ष राधिका चौलागाईं, कोषाध्यक्ष साबित्री विडारी, फिल्ड अफिसर शुभलक्ष्मी विश्वकर्मा, सामाजिक परिचालक सुनकेशरी थिङ, विष्णुमाया तितुङ लगायतको आतिथ्यता रहेको थियो ।
Powered by Blogger.