Header Ads


सनसाइनमा प्रहरी मेरो साथी

हेटौँडा, ११ साउन/नेपाल प्रहरीले असार २७ गतेबाट देशैभर लागू गरेको प्रहरी मेरो साथी कार्यक्रम अन्तर्गत मङ्गलबार हेटौँडा–१४ पदमपोखरीमा रहेको सनराईज बोर्डिङ स्कुलमा सचेतनामुलक अन्तरक्रिया कार्यक्रम भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर, सामुदायिक प्रहरी सेवा केन्द्र मकवानपुर र सामुदायिक सेवा केन्द्रपशुपतिनगरको संयुक्त आयोजनामा सनराईज बोर्डिङका ८ देखि १० कक्षा सम्मका विद्यार्थीसंग अन्तरक्रिया भएको हो । विद्यार्थीहरुलाई लागूऔषध दुव्र्यसन, महिला तथा बालबालिका माथि हुने हिंसा तथा ट्राफिक नियम सम्वन्धि जानकारी गराइएको थियो । सामुदायिक सेवा केन्द्र मकवानपुरका संस्थापक अध्यक्ष कुमार पौडेलको प्रमुख आतिथ्यता तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका सामुदायिक शाखाका प्रहरी नायब निरीक्षक सुन्दरकुमार कार्कीको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रम केन्द्रका अध्यक्ष विनोदकुमार लामिछानेको अध्यक्षतामा भएको हो ।
Powered by Blogger.