सुमो दुर्घटना हुँदा १० जना घाइते
हेटौँडा, १० साउन/मकवानपुरको भैसे–७ मा टाटासुमो दुर्घटनमा हुँदा १० जना यात्रु घाइते भएका छन् ।
सोमबार दिउँसो काठमाण्डौबाट
बारातर्फ जाँदै गरेको युनिक सुमो प्रालिको टाटासुमो भैसे–७ मा दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका हुन् । अनियन्त्रित भएर सडकबाट करिब ३० मिटर तल खसेको टाटासुमोमा सवार १० जना नै घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेमध्ये नौ जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । ना।१ ज ४७०२ नम्बरको टाटासुमो सडकबाट तल झर्दा पर्साका २० वर्षीय राजकिशोर राउत, बाराका उमेर नखुलेका कृष्ण बर्तौला, १७ वर्षीय भोला यादब र १८ वर्षीय गौतम राय, २४ वर्षीय जितेन्द्र चौधरी, २९ वर्षीय सुनिलप्रसाद राय तथा स्याङ्जाका ३९ वर्षीय बद्रीप्रसाद आचार्य, रौतहटका ३५ वर्षीय जुमोहन ठकुरी, २२ वर्षीय बैजु ठाकुर र रौतहटका रामनन्द यादब घाइते भएका छन् ।
घाइतहरुको उपचार भैरहेको र उनीहरु खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।