Header Ads


ओचिनको प्रकृति प्रकोप र व्यवस्थापन सम्बन्धि पुस्तक विमोचन

हेटौँडा, १० साउन/महिला, बालबालिका तथा वातावरण सुधार केन्द्र (ओचिन) मकवानपुरले प्रकृति प्रकोप र व्यवस्थापन सम्बन्धि पुस्तक विमोचन गरेको छ ।
प्रकोपबाट सुरक्षित रहन र व्यवस्थित हुनको निम्ति जानकारी दिने उद्देश्यका साथ तयार पारिएको पुस्तकको सोमबार बिहान एक कार्यक्रमका बीच नारायणी कलेज हेटौँडामा विमोचन गरिएको हो । पूर्व सभाषद् एवम् नयाँ शक्ति नेपाल मकवानपुरका संयोजक प्रल्हाद लामिछाने, वनविज्ञान अध्ययन संस्थान हेटौँडाका प्रमुख युसुफ अन्सारी, नारायणी कलेजका प्राचार्य रघुनाथ खराल, ओचिन अध्यक्ष प्रमिला महतले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका
हुन् ।
कार्यक्रमका प्रमुख अतिथि लामिछानेले यस पुस्तकले प्रकोपबाट सुरक्षित रहन सघाउ पु¥याउने विश्वास व्यक्त गरे । ‘प्राकृतिक प्रकोपको मुख्य कारण हामी मानिस नै हौँ’, लामिछानेले भने, ‘यसको व्यवस्थापन पनि हामी आफैँले गर्नुपर्छ ।’ अध्यक्ष महतको अध्यक्षतामा भएको कार्यक्रममा नारायणी कलेजका विद्यार्थीको तर्फबाट विनिता न्यौपाने, प्राध्यापक हयग्रीव आचार्य, सुन्दर सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष केदार बर्तौला, वनविज्ञान अध्ययन संस्थान हेटौँडाका प्रमुख अन्सारी, नारायणी कलेजका प्राचार्य खराल, प्रोजेक्ट म्यानेजर राजबाबु पहाडीलगायतले पुस्तकमा समेटिएको बिषयवस्तु अध्ययन आवश्यक रहेकोमा जोड दिँदै यसले प्राकृतिक प्रकोपबाट हुने क्षति घटाउन मद्दत पु¥याउने विश्वास व्यक्त गरे । ओचिनले इको पिस लिडरसीप सेन्टर (भ्अय एभबअभ ीभबमभचकजयउ ऋभलतभच) संगको सहकार्यमा सञ्चालन गरेको एक बर्षे कार्यक्रम समेत समाप्त ओचिनका कार्यकारी निर्देशक उद्वव बानियाँले जानकारी दिए । कार्यक्रममा केही समय अघि नारायणी क्याम्पसमा भएको वक्तृत्वकलाका विजयी विद्यार्थीहरुलाई पुरस्कार वापतको नगदसहित प्रमाणपत्र समेत वितरण गरिएको थियो । 
Powered by Blogger.