Header Ads


अन्जन विष्ट उत्कृष्ट युवा खेलाडी घोषित

हेटौँडा, ६ साउन/ हेटौँडाका युवा फुटबलर अन्जन विष्ट उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् ।  
खेलकुद पत्रकार मञ्चले बिहीबार प्रज्ञा भवनमा आयोजना गरेको पल्सर स्पोर्टस अवार्ड अन्तर्गतको उत्कृष्ट युवा खेलाडीको अवार्डबाट विष्ट सम्मानित भएका हुन् ।   हेटौडका १८ वर्षे अन्जन एपिएफ क्लबका खेलाडी हुन् । गत वर्ष बंगलादेशमा भएको बंगबन्धु गोल्ड कपको फाइनलमा बहराइन विरुद्ध उनले एक गोल गरेका थिए । अन्जनले १२ औं सागको फुटबलमा पनि दुई गोल गरेका थिए । उनले सागमा भुटान र माल्दिभ्सविरुद्ध १–१ गोल गरेका थिए । त्यस्तै १९ वर्षमुनिको साफ च्याम्पियनसिपमा अन्जनले ३ गोल 
गरेका थिए । स्पेनको मार्बेला युनाइटेड क्लबबाट युरोपमा उमेर समूहका आमन्त्रण प्रतियोगिता समेत अन्जनले खेलेका छन् । त्यस्तै अन्जनले राष्ट्रिय लिगमा २ गोल गरेका छन् । वर्षका युवा खेलाडीको मनोनयनमा परेका उसुकी नीमा घर्तीमगर, पौडीकी गौरिका सिंह, क्रिकेटमा सन्दीप लामिछाने र जुडोकी मनीता श्रेष्ठ प्रधानलाई पछि पार्दै अञ्जनले अवार्ड जितेका हुन् । 
अञ्जनले ५० हजार रुपैयाँ र प्रमाणपत्र हात पारे । त्यस्तै उनले डिस होमको सेटअप बक्स र १ बर्षको निशुल्क सुविधा तथा न्यू होराइजन कार्पेट पनि प्राप्त गरेका छन् ।
Powered by Blogger.