हेटौंडामा खेलकुद महोत्सव कात्तिक २ गतेदेखि
हेटौंडा, ६ साउन/ मकवानपुर जिल्लामै पहिलोपटक हेटौंडामा खेलकुद तथा व्यापार महोत्सव हुने भएको छ ।
सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले ‘खेलकुदको संरक्षण, प्रबद्र्धन र विकासका लागि खेलकुद महोत्सव’ भन्ने मूल नाराका साथ हेटौंडा खेलकुद तथा व्यापार मेला–२०७३ आयोजना गर्ने भएको हो ।
आगामी कात्तिक २ गतेदेखि १३ गतेसम्म हेटौंडाको हुप्रचौरमा आयोजना गरिने मेलामा विभिन्न खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीहरुलाई ल्याएर प्रदर्शन गरिने भएको हो । प्रतिष्ठानका अध्यक्ष भेष खड्गीको अध्यक्षतामा विहीबार हेटौंडामा बसेको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो ।
‘हेटौंडामा खेलकुद महोत्सव भएकै छैन, खेलकुद महोत्सव गर्दा मेला हेर्न आउने दर्शकहरुले नयाँ अनुभव गर्नेछन्’, अध्यक्ष खड्गीले यो मेलाको माध्यमबाट संकलित रकम जिल्लाको खेलकुद क्षेत्रको विकास, प्रबद्र्धन र खेलमैदानहरु संरक्षणमा खर्च गरिने बताए । आर्थिक अभावका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नसकेका खेलाडीहरुलाई सहयोग पु¥याउने पनि लक्ष्य रहेको प्रतिष्ठानका महासचिव सविन न्यौपानेले बताए ।
बैठकले यसवर्षको हेटौंडा इन्टरनेशनल गोल्डकप फुटबल प्रतियोगिता आयोजनाको तयारीस्वरुप चउर मर्मत गर्न कार्यसमितिका कोषाध्यक्ष डेबिन श्रेष्ठ र सदस्य विकेशलाल श्रेष्ठलाई जिम्मेवारी प्रदान गरेको छ । हेटौंडाको वन विज्ञान अध्ययन संस्थानको खेल मैदानलाई नै आवश्यक मर्मत गरेर हेटौंडा इन्टरनेशनल गोल्डकपको दोस्रो संस्करण गर्ने तयारीमा प्रतिष्ठान जुटेको द्वितीय उपाध्यक्ष विशाल घोषले बताए ।आगामी आइतबाट हेटौंडाको बुद्धचोकमा विहान ७ बजेदेखि हुने रक्तदान कार्यक्रममा वृहत सहभागिता गराउन सबै सदस्यले सक्रिय भूमिका खेल्ने निर्णय गरेको छ ।