न्यौपानेद्वयलाई साहित्य सम्मान र पत्रकारिता पुरस्कार प्रदान गरीने
हेटौंडा, ६ साउन÷यती डेभलपमेन्ट बैंकको सहकार्यमा मातृभूमि साहित्य समाजले आगामी शनिबार वरिष्ठ गजलकार डा. घनश्याम न्यौपाने ‘परिश्रमी’लाई मातृभूमि राष्ट्रिय सम्मान २०७३ बाट सम्मान गरीने भएको छ ।
विहीबार संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष राजबाबु पहाडीले मकवानपुरका पत्रकार सविन न्यौपानेलाई नगद ७ हजार पाँचसय रुपियाँसहित केशवलाल स्मृती मातृभूमि पत्रकारिता पुरस्कार प्रदान गरीने र दाङकी साहित्यकार बुनु लामिछानेलाई नगद १५ हजारसहित चौधौं ‘यती साहित्य पुरस्कार २०७२’ बाट सम्मान गरिने बताए । गतवर्षदेखि
पत्रकारीता पुरस्कार मातृभूमि साहित्य समाजले प्रदान गर्दै आइरहेकोमा यस वर्षदेखि इश्वर मैनालीको पिता केशवलाल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरीन लागेको पहाडीले बताए ।
त्यसैगरी यती डेभलपमेन्ट बैंक लिमिटेड शाखा कार्यालय हेटौँडाका शाखा प्रबन्धक राजेश लामिछानेले भाषा साहित्यको क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले वि.सं. २०५९ सालबाट यती फाइनान्स पुरस्कारको स्थापना गरीएको बताए । शुरुमा नगद ५ हजार रुपैयाँबाट थालनी भएको संस्थाको पुरस्कार राशी हाल पन्ध्र हजार रुपैयाँ रहेको उनको भनाइ रहेको थियो ।

