लायन्स क्ल्ब अफ युथको चार्टड नाइट
हेटौंडा, ७ साउन/ गतवर्ष गठन भएको लायन्स क्लब अफ हेटौंडा युथले शुक्रबार विशेष कार्यक्रम गरी प्रथम चार्टड नाइट कार्यक्रम गरेको छ ।
क्लबका अध्यक्ष छतेन्द्र आचार्यको सभाध्यक्षता तथा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५बी२ का सिनियर एड्भाइजर राम श्रेष्ठको प्रमुख आतिथ्यतामा केक काटेर चार्टड नाइट कार्यक्रम गरिएको हो । सोही अवसरमा लायन वर्ष २०१५÷०१६ का अध्यक्ष आचार्यले २०१६÷०१७ का अध्यक्ष शिवकुमार कार्कीलाई पद हस्तान्तरणसमेत गरेका थिए । कार्यक्रममा आफ्नो कार्यकालमा क्लबले पर्यटन प्रबद्र्धनमा अन्नपूर्ण बेसक्याम्पमा बैठक आयोजना, वृद्धाश्रममा खाद्यान्न वितरण, शैक्षिक सामग्री सहयोग, आँखा शिविर, वृक्षरोपण, वनभोज र मित्रमिलनलगायत कार्यक्रम गरिएको जानकारी दिँदै अध्यक्ष आचार्यले लायन अफ दी इयरको उपाधिसहित विवेकआनन्द न्यौपाने, बेस्ट कार्यक्रम संयोजक बिक्रम श्रेष्ठलाई घोषित गर्दै मायाको चिनो वितरण गरेका थिए ।
क्लबका सचिव सुदीपराज गिरीले सञ्चालन गरेको कार्यक्रममा रिजन चियरपर्सनद्वय विष्णुगोपाल महर्जन र बसन्तकुमार सिटौला, जोन चियरपर्सन कृष्णराम न्यौपाने, मातृशाखा लायन्स क्लब अफ हेटौंडाका निवर्तमान अध्यक्ष डा. बलराम भट्ट, क्लबका गणेश चौलागाईलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

