Header Ads


लायन्स क्लबमा बिडारी पदस्थापित

हेटौंडा, ७ साउन/ लायन्स क्लब अफ मकवानपुरको लायन्स वर्ष २०१६÷०१७ का लागि अध्यक्ष पदमा शिव बिडारी पदस्थापित भएका छन् ।
क्लबको वार्षिक भेला तथा पदस्थापन कार्यक्रममा वर्ष २०१५÷०१६ का अध्यक्ष कृष्णबहादुर कार्कीले अध्यक्ष बिडारीलाई पदभार ग्रहण गराएका हुन् । अध्यक्ष बिडारीले पदस्थापनसंगै सचिवमा पुरुषोत्तम पुडासैनी, सहसचिव हरिकुमार शर्मा, कोषाध्यक्ष रवीन्द्र घिमिरे, साइट फस्ट कार्यक्रम संयोजकमा दीपक शिवाकोटीलगायत विभिन्न पदमा मनोनित गरेका थिए ।
क्लबका संस्थापक अध्यक्ष तथा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी २ का चिफ एरिया कोअर्डिनेटर शम्भु नकर्मीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा रिजन चियरपर्सनद्वय विष्णुगोपाल महर्जन र बसन्तकुमार सिटौला, क्लबका पूर्वअध्यक्षद्वय तथा जोन चियरपर्सन दीपेन्द्रकुमार बर्तौला र रवि कँडेल शर्मा, जोन चियरपर्सन सरिद्धि श्रेष्ठ, पूर्वअध्यक्ष उत्तम थापालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
Powered by Blogger.