Header Ads


पुष्पलाललाई सम्झियो माक्र्सवादले

हेटौँडा, ७ साउन/नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३५औं स्मृति दिवसको अवसर पारेर हेटौँडामा नेकपा माक्र्सवादी केन्द्रिय कमिटीले शुक्रबार एक कार्यक्रमको आयोजना गरी मनाएको छ । 
 कार्यक्रममा  प्रमुख अतिथ रहेका नेकपा माक्र्सवादीका केन्द्रिय सचिवालय सदस्य चन्द्रबहादुर मडैले पुष्पलालको नीति अवलम्बन गरे मुलुक प्रगतिशिल पथमा उभिने बताए । तत्कालीन राणा शासकको अत्याचार र दमनचक्रका विरुद्ध प्रतिरोध संघर्षमा उत्रनुपर्छ भन्ने मनोविज्ञानका कारण राजनीतिक आन्दोलनमा पुष्पलाल होमिएको उनले बताए । व्यक्तिगत जीवनमा कठोर निर्वासित जीवन बिताएका पुष्पलालले राष्ट्र र जनताप्रतिको निष्ठालाई कहिल्यै कमजोर हुन नदिएको उनको भनाइ रहेको थियो । माक्र्सवादीका केन्द्रीय वरिष्ठ नेता बुद्धिबहादुर जिसिको अध्यक्षतामा भएको कार्यक्रममा पुष्पलालको ३५ आँै स्मृति दिवसको अवसर पारेर तस्वीरमा माल्र्यापण गरीएको थियो । कार्यक्रममा केन्द्रीय सचिवालय सदस्यहरु जयप्रकाश नेपाल, दिपक ज्ञावलि, टंक भट्टराई लगाएतले मन्तव्य व्यक्त गरेका थिए । 
विसं १९९७ मा राणाशासन विरुद्धको आन्दोलनमा आÇना दाजु गंगालाल श्रेष्ठलाई गोली हानी हत्या गरिएपछि उनी राणाविरोधी आन्दोलनमा सक्रिय हुँदै २००६ सालमा भारतको कलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्दै संस्थापक महासचिवसमेत भएका थिए।  श्रेष्ठको विसं २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारको क्रममा मृत्यु भएको थियो ।
Powered by Blogger.