Header Ads


पहिरोको कारण सडक अवरुद्ध

हेटौँडा, ७ साउन/हेटौँडा कुलेखानी काठमाण्डौं सडक पहिरोको कारण शुक्रबार अबरुद्ध भएको छ । 
शुक्रबार विहान परेको अविरल वर्षाले गर्दा  सिस्नेरी ९ ज्यामिरेमा पहिरो गई कुलेखानी– सिस्नेरी– दक्षिणकाली सडकखण्ड अबरुद्ध भएको मकवानुपर प्रहरी प्रवक्ता डिएसपी बामदेव गौतमले बताए ।  कुलेखानी–फाखेल–दक्षिणकाली सडक खण्ड अन्तर्गत कुलेखानी ९ सुकौरामा शुक्रबार बिहान दुई बजे पहिरो जाँदा सडक बन्द भएको गौतमले जानकारी दिए । ‘डिभिजन सडक कार्यालयको एक्साभेटर प्रयोग गरी स्थानीयको सहयोगमा प्रहरीले दुबै ठाउँको बाटो खुलाउने प्रयास भइरहेको छ’, गौतमले भने, ‘तर लगातारको वर्षातका कारण सडक खुलाउन सकिरहेका छैनौं ।’ दुबै सडक बन्द भएपछि हेटौँडा काठमाण्डौं ओहर दोहर गर्ने यात्रुहरु बाटैमा अलपत्र परेको जिल्ला ट्राफिक प्रहरी प्रमुख कृष्ण थापाले बताए । सडक स्तरीकरण गर्न  एक्साभेटरले खन्दा कमजोर बनेका सडकसँग जोडिएको जमिन भासिने गरेकाले यात्रुहरु सास्ती ब्यहोर्न बाध्य भएको उनले बताए । 
Powered by Blogger.